खेलकुद

इन्टरको जित‚ सिटीको बराबरी

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ११ फाल्गुन २०७९ , बिहीबार

पेरिस — इन्टर मिलानले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा बुधबार एफसी पोर्टोलाई १–० ले पराजित गरेको छ भने अर्को खेलमा आरपी लाइपजिगले म्यानचेस्टर सिटीलाई १–१ को बराबरीमा रोकेको छ ।

सानसिरोमा भएको खेलमा १० खेलाडीमा सीमित पोर्टोविरुद्ध रोमेलु लुकाकुले ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । जर्मनीमा भएको खेलमा भने सिटीले रियाद मेहराजको गोलको मद्दतले २७ औं मिनेटमा अग्रता लिएको थियो ।

पहिलो हाफमा पर्याप्त अवसर सिर्जना गरे पनि सिटी त्यसलाई गोलमा परिणत गर्न असफल रह्यो । दोस्रो हाफमा लाइपजिगका लागि जास्को जिभार्डिलोले बराबरी गोल फर्काए । अब दोस्रो लेगका खेल मार्च १४ मा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *