अर्थसमाचार

थाई एयरवेजले गर्दै आएको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवा खारेज

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ८ फाल्गुन २०७९ सोमबार

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयरवेजले गर्दै आएको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ रद्द गरेको छ।

सोमबार प्राधिकरणले थाई एयरवेजले विगत लामो समयदेखि सेल्फ ग्राउण्ड ह्याण्डलिङ म्याद नगरेर खारेज गरेको प्राधिकरणका उप–महानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले बताए।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले आजको मितिदेखि थाई एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम बन्द भएको बताए।

उनले थाई एयरवेजका इन्जिनियरमार्फत् हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा पनि बन्द गर्ने निर्णय भएको बताए।

उनले अब सम्पूर्ण सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम नेपाल वायु सेवा कम्पनीले नै गर्ने भएकाले सेवा नरोकिने बताए।

उनले थाई एयरवेजका इन्जिनियरमार्फत् हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा समेत विमानस्थलको मेन्टिनेन्स अर्गनाइजेसनबाट हुने बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस प्रकरणको अनुसन्धान भइरहेकाले प्राधिकरणको निर्णयले केही परक नपर्ने बताए।

उनले भने,‘नेपाल नागरिक उड्डयन प्राधिकरणले आज विगत लामो समयदेखि थाई एयरलाइन्सले गर्दै आएको सेल्फ ग्राउण्ड ह्यान्डलिङको म्याद नथप्ने निर्णय गरेको छ। त्यसका सहायक कम्पनी, जिएसए कम्पनीले गर्दै आएको सेवाहरू आजका मितिदेखि बन्द भएका छन्। ग्राउण्ड ह्याण्डलिङ नेपाल वायुसेवाबाट हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *