राजनीति

खेलाडीले राष्ट्रका लागि खेल्नुपर्छ: अध्यक्ष ओली

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:७ फागुन २०७९, आइतवार

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीले राष्ट्रका लागि खेल्नुपर्ने बताएका छन्।

नेपाल खेलकुद महासङ्घको तीनदिने दोस्रो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले खेलाडी खेलप्रति दत्तचित्त भई उत्कृष्ट तालिमका साथ राष्ट्रको नाम विश्वमा राख्नुपर्नेमा जोड दिए।

पूर्वप्रधानमन्त्री ओलीले एमाले सधैँ खेलाडीका साथमा रहेको छ भन्दै यसको विकास, प्रशिक्षणका लागि आवश्यकपर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले स्वस्थ्य समाज निर्माणमा खेलाडीहरूले आफ्नो क्षेत्रबाट भूमिका खेल्न आग्रह गर्दै खेललाई जीवनका अभिन्न अङ्ग बनाउनाले स्वास्थ्यमा ठूलो योगदान पुग्ने धारणा राखे।

अध्यक्ष ओलीले महासङ्घले पदका लागि होइन खेलाडीलाई उत्कृष्ट प्रदान गर्न विशेष योगदान पुर्‍याउनुपर्नेमा जोड दिए।

राष्ट्रिय महाधिवेशनमा ७७ जिल्ला, २८ खेल सङ्घ, सात प्रदेश र एक उपत्यका विशेष प्रदेशका गरी पाँच सय ३० जना प्रतिनिधिहरुको सहभागिता रहेको छ।

सो अवसरमा विभिन्न खेल तथा जातजातिका वेशभूषासहित झाँकी प्रदर्शनी गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *