खेलकुद

नामिबियाविरुद्धको अर्धशतकसँगै ओडीआई क्रिकेटमा रोहितको हजार रन पूरा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २ फागुन २०७९, मंगलवार

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवशीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नामिबिया विरुद्धको खेलमा ५५ रन बनाएपछि रोहित ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने ।

रोहितले ३३ खेल खेल्दै १ शतक र ६ अर्धशतकको मद्दतमा एक हजार रनको कोशेढुंगा पूरा गरेका हुन् ।

ओडीआईमा रोहितको व्यक्तिगत उच्च स्कोर १२६ रन हो ।

यस्तै लिग टु मा पनि रोहित नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

लिग टु मा २२औं खेल खेलिरहेका रोहितले चार अर्धशतक मद्दतमा ६०० भन्दा बढी रन बनाइसकेका छन् । लिग टु मा रोहितको व्यक्तिगत उच्च स्कोर अविजित ६२ रन हो ।

लिग टु मा सबैभन्दा धेरै रन नामिबियाका कप्तान जेर्हार्ड एरसामसले बनाएका छन् । एरासमसले २९ खेल खेल्दै १ शतक र ११ अर्धशतक मद्दतमा १ हजार २२२ रन बनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *