राजनीतिसमाचार

विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मत दिने : माधवकुमार नेपाल

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित;२२ पुष २०७९, शुक्रबार

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मत दिने बारेमा निर्णय लिनुपर्ने अवस्था रहेको बताएका छन। सर्वदलीय बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता नेपालले भने ‘सरकार कुन ढंगले अगाडि बढछ ? त्यसलाई हेरेर मात्रै उसलाई विश्वासको मत दिनेबारेमा निर्णय लिने लिन्छौ’।व्यक्तिगत रुपमा प्रचण्डजीप्रति पोजेटिभ नै धारणा रहेको जानकारी दिँदै अध्यक्ष नेपालले भने ‘जहाँसम्म सरकार कुन ढंगले अगाडि बढछ, त्यो हेरिकन हामी टुंगो गर्छौं। सरकारलाई विश्वासको मत दिन हामीेले त धेरै विश्लेषण गर्नुपर्छ। विश्लेषण गरेर बल्ल टुंगोमा पुग्नु पर्छ।’

त्यसैगरी अध्यक्ष नेपालले भने, ‘एमालेसँग एकता गर्ने विषयमा मलाई कसैले पनि केही भनेको छैन। व्यक्तिगत भावना राख्नेहरुको बेग्लै कुरा भयो। मप्रति सदभाव राख्नेहरुको कुरा बेग्लै हो। सदभाव राख्नेहरु सबैलाई धन्यवाद छ। भावना राम्रो हुनु आफ्नो ठाउँमा छ। तर त्यो भावना निजात्मक भईदियो भने त्यसको कुनै अर्थ नहुँदो रहेछ। त्यस कारण तपाईँहरूले भनेजस्तो कुनै ठोस कुराहरू भएका छैनन्’।

अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने विषयमा ठोस प्रस्ताव नआएको पनि स्पष्ट पारे। इच्छुक पार्टीहरूसँग मात्रै आफ्नो पार्टीले हातेमालो गर्दै जाने नीति लिएको समेत बताए। अध्यक्ष नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग भने एकताको लागि तत्काल वार्ता प्रक्रिया सुरु गर्ने बताए। अन्य साना वामपन्थी दलहरूसँग पनि एकता र सहकार्यका लागि अघि बढने उनेले जानकारी दिए। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भने, ‘हामी अव पार्टी निर्माण गर्ने अभियानमा जुटने हो। पार्टीलाई सुदृढ गर्ने र विस्तार गर्ने राष्ट्रव्यापी अभियान लिएर अघि बढछौं। हाम्रो फोकस भनेका जनताका इस्यूहरु, राष्ट्रका इस्यूहरु उठान गर्ने कुरामा केन्द्रित हुनेछ। र, एउटा राम्रो पार्टी, क्रान्तिकारी र अरु भन्दा भिन्न पार्टी निर्माण गरेर जनताको आशा भरोसाको रुपमा अघि बढनुपर्छ भनेर हामीले पहिला पनि संकल्प गरेको थियौं। विद्रोह पछि पार्टी निर्माण गरेपछि एक पछि अर्को निर्वाचनमा होमिनु पर्‍ यो। निर्वाचनको क्रम सकिएपछि अव हामीसँग समय छ। देशव्यापी रुपमा जुन हाम्रो शक्ति छ। संगठन छ। त्यो शक्ति र संगठनलाई राम्रो ढंगले व्यवस्थित गर्नेछौं। विचार मिल्नेहरुसँग, नीति मिल्नेहरुसँग, विधि मिल्नेहरुसँग एकता पनि गर्दै अगाडि बढनेछौं। विचार मिल्नेहरुसँग पर्‍ यो भने हामी मोर्चा बनाएर पनि जान सक्नेछौं। त्यसको निम्ति अव को को पार्टीहरु आउँछन ? त्यो हामी हेर्दैछौं। अहिले हामीले जनता समाजवादी पार्टीसँग हामी वार्ताको प्रक्रिया आरम्भ गर्नेछौं। त्यहाँ पहिले विषयबस्तुको बारेमा छलफल हुनेछ। विषयबस्तुको बारेमा छलफल भईसकेपछि सहकार्यका प्रक्रियादेखि लिएर पार्टी एकताको प्रक्रियासम्म हाम्रा कुराकानीहरु हुनेछन। र, तदनुरुपनै विभिन्न दलहरु छन। अहिले धेरै साना वामपन्थी दलहरु पनि छन। ती सबैसँग पनि हामी विभिन्न हिसावले कुराकानी गर्नेछौं। चिठी पठाएर गर्ने हो कि ? फोन संवादबाट गर्ने हो कि। जो हामीप्रति पोजेटिभ छन। तिनीहरुसँग हामी पोजेटिभली जान्छौं, जो हामीसँग नेगेटिभ छन। तिनीहरुसँग हामी पनि वास्ता गर्दैनौं। जुन गाउँ जानै छैन, त्यसको बाटो नै नसोध्नू।’

अध्यक्ष नेपालले पार्टीलाई सुदृढ र विस्तार गर्दै जनताको इस्यूलाई उठान गरेर अघि बढने काममा आफ्नो पार्टीको ध्यान जाने पटक्क दोहोर्‍ याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *