राष्ट्रिय समाचारसमाचार

रवि लामिछानेको मुद्दामा बहस सकियो, आदेश आजै आउने

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित;२२ पुष २०७९, शुक्रबार

काठमाडौं –उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको बहस सकिएको छ । शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा भएको सुनुवाइ सकिएको हो । सुनवाइ सकिएसँगै आजै आदेश जारी गर्ने तयारी छ ।

संवैधानिक इजलासले यही पुस ६ गते सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षको छलफल आजका लागि राख्ने निर्णय गरेको थियो । आज अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयको बहसमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता सुनील पोखरेल र अधिवक्ता यज्ञमणि न्यौपानेलगायतले बहस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *