अर्थ

१७.९२ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्बमाथिको कारोबार

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; २१ पुष २०७९, बिहीबार

काठमाडौं साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १७.९२ अंकले बढेर २१४३.७६ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६१ अङ्कले बढेर ४११.३३ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्व ४ करोड ७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी अग्रिम स्थानमा छ। यसको आज ४३ करोड १९ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा रिडी पावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावरको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसूचकमध्ये दुई उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा चन्द्रागिरी हिल्स र बुद्धभुमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, सिटिजन म्युचुअल फण्ड २ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *