खेलकुदहेडलाइन

विश्वकपमा चम्किएका डच विङ्गर कोडी गाक्पो लिभरपुललाई

Advertisements
MAHABAI RURAL MUNICIPALITY

कतारमा यही महिना सम्पन्न फिफा विश्वकपमा चम्किएका डच विङ्गर कोडी गाक्पोलाई पीएसभी आइन्डोभनले कीर्तिमानी मुल्यमा लिभरपुललाई बेचेको छ। विश्वकपमा नेदरल्यान्ड्सले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दा गाक्पोले तीन गोल गरेका थिए।

डच लिच एरडिभिजीमा जार सिजन नै ९ गोल र १२ असिस्ट गरेका गाक्पोलाई इङ्लिस क्लब लिभरपुलले करिब ५० मिलियन पाउन्डमा भित्र्याएको छ।

उत्कृष्ट लयमा रहेका २३ वर्षीय अट्याकरलाई कीर्तिमानी मुल्यमा बिक्री गरेको आइन्डोभनले पुष्टि गरेको छ। उनी आवश्यक प्रक्रिया पूरा गर्न तत्कालै इङ्ल्यान्ड प्रस्थान गर्ने आइन्डोभनद्वारा जारी वक्तव्यमा उल्लेख छ।

दुवै क्लबले आधिकारिक बिक्री मुल्य सार्वजनिक गरेका छैनन्। ‘तर, यो पीएसभीका लागि कीर्तिमानी मुल्य हो,’ आइन्डोभनका महाप्रबन्धक मार्सेल ब्रान्ड्सले भनेका छन्।

गाक्पोलाई भित्र्याउन यसअघि म्यानचेस्टर युनाइेडले पनि चासो देखाएको थियो। तर, लिभरपुलले बाजी मारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *