अन्तर्राष्ट्रिय समाचारराजनीतिसमाचार

हिन्दू राष्ट्र नेपाल बनाउन भारतसँग सम्झौता? को को छन् यसमा?

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : शनिबार, पुस २, २०७९

काठमाडौं- आम निर्वाचनको परिणामपछि नयाँ सरकार बन्ने गृहकार्य प्रारम्भ हुँदा नहुँदै नेपालको राजनीतिको भित्री बृत्त भने भुसको आगोझैं रन्किएको छ। र, नेपालका प्रमुख राजनीतिक दलहरु निरिहजस्ता देखिन थालेका छन्।

यसरी रन्कनुको मुख्य विषय भने सत्तारुढ दलका नेताहरुले बाह्य शक्तिसँग गरेको प्रतिबद्धता भएको बताइएको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले पटक पटक गरेको दिल्ली दौडाहा र दिल्लीका दूतहरुको काठमाडौंको दौडाहाको रहस्य खोज्नेहरु ‘सनातन हिन्दू राज्य नेपाल बनाउनु पर्ने’ भारतीय शर्त रहेको पत्ता लगाउन थालेपछि चकित परेका छन्।

यो शर्तमा नेपाली कांग्रेसका तर्फबाट आरजु देउवा र माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनअघि नै भारतसँग सहमती गरेको विषयले अहिले चर्चा पाएको छ।

तर, दाहालले चाहेजस्तो निर्वाचन परिणाम हात लागेन। कांग्रेस र माओवादी मिल्दा सरकार बन्न सजिलै सक्ने गरी जित्ने र आफू सके प्रधानमन्त्री नत्र राष्ट्रपति बन्ने योजना दाहालको थियो।

निर्वाचनपछिको नतिजा भारतीय पक्षसँग सम्झौता गरेर बनाइएको योजना मुताविकको नभएपछि सनातन हिन्दू राज्य नेपाल बनाउने शर्तबाट उनी पछि हटेको हो कि भन्ने संकेत भारतीय पक्षले पाएको थियो।

निर्वाचनका बेला अनेकन सहयोग हात पारेर भारतसँग चुकिसकेको र झुकिसकेको सत्तारुढ गठबन्धनका यी नेताहरुले केही दायाँबायाँ गर्न खोजेको अभाष पाएपछि निर्वाचनअघिको शर्तनामा गराउन भूमिका खेल्न व्यक्ति र उनको टोली नै दुईहप्ताअघि काठमाडौं आएर दाहालसँग भेट गरेको थियो।

बत्तिसपुतलीस्थित द्वारिकाज होटलको आसपासमा भएको दाहालको सो भेटघाटमा भारतीय प्रधानमन्त्रीको कार्यालयको उच्च तहमा काम गर्ने ती अधिकारीले बाचा बन्धनमा दायाँ बायाँ गरे त्यसको परिणाम नराम्रो हुने चेतावनी समेत दिएको बताइएको छ।

नेपाली कांग्रेसभित्र हिन्दू राज्य घोषणामा हालसम्म समस्या नदेखिएको तर माओवादीले आनाकानी गरे त्यसलाई राष्ट्रिय मुद्दा बनाएर लैजान नसकिने भएकाले दाहाल भारतीय पक्षबाट च्यापिएका हुन्। आफू पटक पटक चुकिसकेकाले पनि दाहाललाई अप्ठेरो छ।

कांग्रेसभित्रका प्रभावशाली नेता शेखर कोइराला विगत केही समयदेखि सनातन हिन्दू राज्य बनाउनुपर्छ भन्ने एजेण्डामा सार्वजानिकरुपले नै बोलिरहेका छन् भने सशांक कोइराला र अन्य नेताहरुको पनि यसमा विमति देखिएको छैन।

निर्वाचनका बेला अनेकन सहयोग हात पारेर भारतसँग चुकिसकेको र झुकिसकेको सत्तारुढ गठबन्धनका यी नेताहरुले केही दायाँबायाँ गर्न खोजेको अभाष पाएपछि निर्वाचनअघिको शर्तनामा गराउन भूमिका खेल्न व्यक्ति र उनको टोली नै दुईहप्ताअघि काठमाडौं आएर दाहालसँग भेट गरेको थियो। बत्तिसपुतलीस्थित द्वारिकाज होटलको आसपासमा भएको दाहालको सो भेटघाटमा भारतीय प्रधानमन्त्रीको कार्यालयको उच्च तहमा काम गर्ने ती अधिकारीले बाचा बन्धनमा दायाँ बायाँ गरे त्यसको परिणाम नराम्रो हुने चेतावनी समेत दिएको बताइएको छ।

कम्तिमा सत्तारुढ गठबन्धनले यो मुद्दालाई राष्ट्रिय मुद्दा बनाइदिए नेपालमा हिन्दू राज्यका लागि ठूलो तरंग आउने र त्यसले सजिलै संविधान संशोधन हुने भारतीय पक्षको बुझाइ रहेको नेपाली कांग्रेसका एक नेताले डिसी नेपाललाई बताए।

उनका अनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०२४ को भारतीय आम चुनावभन्दा अघि नै नेपाल हिन्दू राज्य होस् भन्ने चाहन्छन् र त्यहीअनुसार उनको संयन्त्र नेपालमा परिचालित पनि छ।

सजिलो छैन सनातन हिन्दू राज्य नेपाल घोषणा

जनसंख्याका हिसावले ९० प्रतिशतको हाराहारीमा हिन्दू धर्मावलम्बी भए पनि गणतन्त्रपछिको पहिलो संविधान घोषणा हुँदा नै नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाइएको थियो। त्यतिबेला स्वदेशभित्र यसबारे खासै ठूलो विषय नै बनेन बरु संघीयताका अन्य विषयहरुले चर्को आन्दोलनको रुप लिएका थिए। तर, नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले यसलाई त्यसबेला पनि केही हदसम्म उठाएको थियो।

नेपालको संविधानले एकपटक अंगिकार गरिसकेको संबेदनशील विषय भएकाले त्यसलाई संशोधन गरेर फेरि संविधानमा उल्लेख गर्न सहज भने छैन। दुई तिहाइ सांसदहरु यसको पक्षमा लागेको हुनुपर्छ संशोधनको लागि।

नेकपा एमालेले यसबारे खासै मुख खोलेको देखिँदैन तर अध्यक्ष केपी ओलीले विगत केही बर्षदेखि नेपालको धार्मिक सांस्कृतिक क्षेत्रका विषयमा कम्युनिष्ट बिचारभन्दा फरकरुपले आफूलाई प्रस्तुत गर्दै आएका छन्। चितवनमा राम जन्मभूमि रहेको जिकिर तथा पशुपतिमा सुनको गजुरजस्ता विषयमा उनले देखाएको अग्रसरता यहाँ स्मरणीय छन्।

निर्वाचनपछिको नतिजा भारतीय पक्षसँग सम्झौता गरेर बनाइएको योजना मुताविकको नभएपछि सनातन हिन्दू राज्य नेपाल बनाउने शर्तबाट उनी पछि हटेको हो कि भन्ने संकेत भारतीय पक्षले पाएको थियो।

तर सँगसँगै यसपटकको निर्वाचनमा एमालेविरोधी गठबन्धन बनाउन भारतले देउवा र दाहाल दुबैलाई भरपुर आर्थिक, भौतिक सहयोग गरेको कुरामा ओलीको रुष्टता कायम छ।

त्यसैले विवादास्पद छविकै भए पनि परिवार दलबाट ल्याएर क्रिष्टियन धर्मका प्रचारक एकनाथ ढकाललाई ओलीले समानुपातिकमा सांसद बनाइसकेका छन्।

धर्मनिरपेक्षता माओवादी विद्रोहको एउटा महत्वपूर्ण एजेण्डा पनि हो। त्यसलाई चटक्कै छाडेर अर्को पट्टि फर्कन अध्यक्ष दाहालका लागि कुनै पनि कोणबाट सजिलो छैन।

तर, दाहाल यसरी पल्टनुलाई आफू चलायमान भएको र क्रान्ति भएको भन्दै परिभाषित गर्दै आएका छन्। उनले लिएको दर्शनका हिसावले त कांग्रेससंगको गठबन्धन पनि अप्राकृतिक हो तर यसलाई उनी क्रान्तिको उपलब्धी भन्दै हिडेकै छन्।

यसवाहेक नेपालमा पश्चिमा शक्तिको प्रभाव पनि निकै दह्रोसंग बढेको अवस्था छ जसले नेपाललाई घर्म निरपेक्ष बनाउन ठूलो भूमिका खेलेका थिए। यो शक्तिलाई नजरअन्दाज गर्न सकिने अवस्था छैन। त्यसैपनि नेपालमा जाति जनजातिका थुप्रै समूह छन् जसले हिन्दू धर्मलाई बाहुन क्षत्रीको धर्म भन्दै राजनीति गरिरहेकै छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *