अन्तर्राष्ट्रिय समाचार

बर्लिनको एक होटलमा रहेको विश्वकै ठूलो एक्वारियम फुट्यो

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : शुक्रबार, पौष ०१ , २०७९

काठमाडौँ — जर्मनीको राजधानी बर्लिनस्थित एक होटलको लबीमा रहेको करिब ४६ फिट अग्लो एक्वारियम फुट्दा होटलको लबीका साथै बाहिरको सडक जलमग्न भएको छ ।

 

करिब १५ सय विभिन्न थरीका माछा रहेको उक्त एक्वारियम फुटेसँगै दशौं लाख लिटर पानीले र्‍याडिसन ब्लु होटलको लबी जलमग्न भएको थियो । उक्त घटनामा दुईजना व्यक्तिसमेत घाइते भएको प्रहरीले जनाएको छ । एक्वारियम फुटेपछि त्यहाँ रहेका पाहुनालाई अन्यत्रै सारिएको छ । के कारणले गर्दा एक्वारियम फुट्यो भन्नेबारे पत्ता लागेको भने छैन ।

एक्वारियम फुट्नुभन्दा अघिको दृश्य ।

उक्त एक्वारियमलाई दुई वर्षअघि मात्रै परिष्कृत गरिएको थियो भने केही होटल रुमबाट उक्त एक्वारियमको दृश्य देखिने भनेर विज्ञापन पनि गर्ने गरिएको थियो । एक्वाडोम नाम दिइएको उक्त एक्वारियम सिलाइफले सञ्चालन गरेको थियो । सिलाइफले विश्वका अन्य स्थानमा पनि यस्ता आकर्षणका लागि संरचना बनाउने गरेको छ ।

सो एक्वारियममा विभिन्न सय प्रजातिका १५ सय माछा रहेको बताइको छ । उक्त एक्वाडोम डिसेम्बर २००३ मा निर्माण सम्पन्न गरी खुला गरिएको थियो । यो विश्वकै ठूलो सिलिणन्ड्रिकल एक्वारियम भएको भन्दै गिनिज वर्ल्ड रेकर्डमा समेत दर्ता गरिएको छ । यसको निर्माणका लागि १ करोड २८ लाख युरो लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *