राष्ट्रिय समाचार

१२० जना महिलालाई काठमाडौंमा माउण्टेन गाइड तालिम

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : शुक्रबार, पौष ०१ , २०७९

काठमाडौंमा महिलाहरूका लागि ३५ दिने निःशुल्क माउण्टेन गाइड तालिम सुरू भएको छ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सहकार्यमा सञ्चालित संयुक्त परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) सँगको सहकार्यमा उक्त तालिम सुरू भएको हो।

तालिममा सातै प्रदेशका २५ जिल्लाबाट १२० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ।

तालिमको शुभारम्भ गर्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले पर्वतारोहण क्षेत्रमा महिला सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले एएमएसंगको सहकार्यमा यो तालिम सुरू गरिएको र यसले पर्वतारोहण क्षेत्रमा नयाँ जनशक्ति तयार हुने बताए।

उनले परियोजना अन्तर्गत विभिन्न क्षेत्रमा जनशक्ति उत्पादन हुँदै आएको जानकारी दिँदै तालिमलाई व्यवहारिक बनाउन सैद्धान्तिक तथा व्यहारिक कक्षाहरू सञ्चालन गरिने बताए।

यस्तै नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) का कार्यकारी निर्देशक रुद्रप्रसाद चापागाईले यो तालिमले पर्यटनमा महिला सहभागिता बढाउनुको साथै रोजगारीमा समेत योगदान पुग्ने अपेक्षा गरिएको जानकारी दिए।

सीमित संख्यामा मात्र तालिम दिने गरी देशैभरीबाट आव्हन गरिएको थियो। जसमा तालिमममा सहभागी हुन चाहनेहरूको संख्या धेरै भएपछि अन्तवार्ताको माध्यमबाट सहभागी छनोट गरिएको जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटिएलआरपी) का जिविकोपार्जन विज्ञ धर्म दवाडीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *