समाचार

फैलिँदै सट्टेबाजीको धन्दा, ७ करोड बढीको कारोबार भएको खुलासा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : शुक्रबार, पौष ०१ , २०७९

वानएक्स बेटमार्फत सट्टेबाजी गराउने अर्का व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । यसअघि तीन जनालाई पक्राउ गरेको प्रहरीले फेरि लमजुङ भइ काठमाडौँको टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई पक्राउ गरेको हो ।

विश्वकप लगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा वानएक्स बेटलगायतका एप मार्फत सट्टाबाजी गराई रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टका रुपमा उनी सक्रिय रहेको खुलेको छ ।

उनलाई बुधबार महानगरपालिका वडा नं. २८ कमलपोखरीबाट नियन्त्रणमा लिई मुलुकी अपराध सहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनले रकम संकलन र भुक्तानी गरेको आधारमा २५ प्रतिशत कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा खाता खोली कारोबार गर्ने गरेको पाइएको उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए । उनी एक्लैले ईसेवा, आईएमई पे र खल्ती एप्स तथा विभिन्न बैंकिङ प्रणाली मार्फत २ करोड ३६ लाख ३३ हजार १३८ रकम बराबरको कारोबार गर्ने देखिएको प्रहरीको भनाइ छ ।

यसैगरी विभिन्न व्यक्तिले २६ वटा डिजिटल वालेट तथा बैंकिङ प्रणाली मार्फत रु ७ करोड ७२ लाख ८९ हजार ४६ रूपैयाँ बराबरको कारोबार गरेको देखिएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *