समाचारहेडलाइन

अध्यादेश प्रमाणीकरण गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

Advertisements
MAHABAI RURAL MUNICIPALITY

सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर ल्याएको अध्यादेश राष्ट्रपतिकहाँ पठाएको छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त अध्यादेश कार्यान्वयनमा आउँछ।

राजनीतिक मुद्दाहरु फिर्ता लिने गरी सरकारले ल्याएको उक्त अध्यादेशको चौतर्फी विरोध भइरहँदा थारु सम्बद्ध संघ संस्थाहरुले भने प्रमाणीकरण गर्न माग गरेका हुन्। मंसिरमा ४ भएको निर्वाचनम उन्मुक्ति पार्टीले ३ वटा प्रतिनिधि सभा सिट जितेको छ भने प्रदेशतर्फ पनि केही सिट जितेको छ। सत्ता-गठबन्धनलाई नयाँ सत्ता समीकरणमा उन्मुक्ति पार्टीको सहयोग आमवश्यक परेपछि सरकारले उनीहरुको मुद्दा सम्बोधनका लागि यो अध्यादेश ल्याएको छ।थारु सम्बद्ध थारु कल्याणी सभा र थरुहट तथा थारुवान संघर्ष समितिले काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै सरकारले ल्याएको अध्यादेश प्रमाणीकरण गर्न माग गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *