मनोरञ्जन

साम्राज्ञीको हट एण्ड स्मोकी अवतार

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौं – साम्राज्ञी शाह अभिनित तीन फिल्म रिलिजको तयारीमा छन् । डेढ महिनाको अन्तरमा यी फिल्म रिलिज हुँदैछन् ।

पुस २९ गते ‘तिम्रो मेरो साथ’, माघ २० गते ‘ह्यारीकी प्यारी’ र फागुन ५ गते ‘लण्डन टु पेरिस’ रिलिज हुनेछन् । छोटो समयमै फिल्म रिलिज हुने भएपछि उनको व्यस्तता र बक्स अफिस दबाब बढ्नेछ । यी तीन फिल्म चले सन् २०२२ भित्र ह्याट्रिक गर्ने उनको मौका हुनेछ ।

यसैबीच, ‘तिम्रो मेरो साथ’मा साम्राज्ञीको बोल्ड अवतार भएको आइटम ट्रयाक सार्वजनिक भएको छ । यो रोमान्टिक फिल्ममा साम्राज्ञीले पुष्प खड्कासँग अनस्क्रिन रोमान्स गरेकी छन् । तन्नेरी पुस्तामाझ चर्चित २७ वर्षीया यी अभिनेत्रीको उक्त तस्वीर हट र स्मोकी महसुस हुन्छ ।

‘ड्रिम्स’ डेब्यु अभिनेत्री साम्राज्ञीको अभिनय करिअर समग्रमा सन्तोषजनक देखिन्छ । फिल्मसहित निजी जीवनले पनि चर्चामा आउने यतिबेला सिंगल छिन् । तीन वर्षपछि हलमा फर्किन पाउँदा आफूलाई रमाइलो अनुभूति भइरहेको उनले बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *