राष्ट्रिय समाचारसमाचार

बुद्धको एटिआर–७२ बाट काठमाडौं–सुर्खेत उडान पुस १ गतेदेखि

Advertisements
MAHABAI RURAL MUNICIPALITY

आगामी पुस १ (डिसेम्बर १६) देखि बुद्ध एयरले एटिआर-७२ जहाजबाट काठमाडौं–सुर्खेत उडान गर्ने भएको छ।

यात्रुको बढ्दो माग र सुविधाका लागि बुद्धले एटिआर-७२ मार्फत उडान गर्न लागेको हो।

बुद्धले दैनिक बिहान १० बजे काठमाडौंबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाट काठमाडौं उडान गर्ने बताएको छ।

बुुद्धले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै हाल सञ्चालनमा रहेको एटिआर-४२ उडानबाट यात्रुहरूको मागअनुरूप सिट संख्या कम भएकाले एटिआर–७२ मार्फत उडान गर्न लागेको बताएको छ।

उक्त जहाज सञ्चालनमा आएसँगै सञ्चालन खर्च कम हुने र यात्रुहरू लाभान्वित हुने कम्पनीले जनाएको छ।

ठूला जहाजको उडानमा कम भाडादरका सिटहरू पनि उपलब्ध हुनेछन्।

त्यस्तै यस गन्तव्यमा न्यूनतम भाडादर सात हजार रूपैयाँबाट सुरू हुने र मागअनुसार दैनिक दुई वटा उडान गर्ने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *