अर्थ

उत्पादन घटेपछि भारतबाट किन्न थालियो बिजुली

Advertisements
MAHABAI RURAL MUNICIPALITY

सुख्खा याम लागेसँगै नेपालको उत्पादन घटेपछि भारतबाट बिजुली किन्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले नेपालको माग र आपूर्तिको व्यवस्थापन मिलाउन भारतबाट बिजुली किन्न थालेको हो । प्राधिकरणका अनुसार यति बेला नेपालले भारतबाट किन्ने र बेच्ने बिजुलीको परिमाण बराबर जस्तै छ ।

यति बेला नेपालमा बिजुलीको कूल जडित क्षमता २१ सय किलोवाट आसपास छ । तर, यो वर्षायामको समयमा मात्रै हुने उत्पादन हो । नेपालका अधिकांश जलविद्युत आयोजनाहरू नदी प्रवाहमा आधारित (आरओआर)मा आधारित भएकाले वर्षा याममा बढी बिजुली उत्पादन हुन्छ ।

तर, सुख्खा याम लागेसँगै नदीको प्रवाह घट्दै जाँदा समग्र उत्पादन खुम्चिन्छ । यससँगै, यति बेला नेपालको कूल उत्पादन १ हजार मेगावाट आसपास रहेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले रातोपाटीलाई जानकारी दिए । उनले सुख्खा याम लागेसँगै नेपालले भारतबाट बिजुली किन्न थालेको पुष्टि गरे ।

विगत ४÷५ दिनदेखि भारतबाट बिजुली किनिरहेका छौँ’ उनले थपे, ‘नेपालमा कम माग भएको समयमा भारततर्फ बेचिरहेका छौँ । यता बढी माग हुँदा किन्नुपर्छ ।’ भट्टराईका अनुसार बिहान र साँझको समयमा नेपालले भारततर्फ बिजुली बेच्ने गरेको छ । यस्तै, सोही समयमा माग बढेमा भारतबाट बिजुली किन्न समेत थालिएको छ ।

भट्टराईले अहिले दैनिक १ हजार किलोवाट आवर बिजुली किनबेच भइरहेको छ । नेपालमा अर्धजलाशययुक्त र जलाशययुक्त आयोजना न्यून हुँदा सुख्खा याममा भारतसँग ३०० मेगावाटसम्म बिजुली किन्नुपर्छ । यस्तै, वर्षा याममा बिजुलीको उत्पादन बढेसँगै पुनः ४०० मेगावाटसम्म बिजुली निर्यात हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *