राष्ट्रिय समाचारसमाचार

राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ, २१ भदौ (रासस) :  
सरकारले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद्को बैठकले जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता एवं ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।  
 
बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण सहायतास्वरूप करिब रु पाँच अर्ब ५४ करोड बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ । यस्तै अन्तर्राष्ट्रिय विकास संस्थामार्फत नै नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि करिब रु पाँच अर्ब ९४ करोड बराबरको अतिरिक्त सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।  
 
त्यसैगरी बैठकले जलवायु परिवर्तनसम्बन्धी अनुकूल कार्य गठबन्धन तथा सोको निर्देशक समितिमा नेपाल सदस्यका रूपमा सहभागी हुने निर्णय गरेको छ । आर्थिक वर्ष २०७८÷८९ का लागि विभिन्न आयोजनाका लागि स्थायी र अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरिएको छ । निजामती सेवा दिवसका अवसरमा विभिन्न ४० निजामती कर्मचारीलाई पुरस्कार दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।  
 
दार्चुलाको व्यास गाउँपालिकाको छाङ्ग्रुमा स्थापना भएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बस्ने ब्यारेक भवन निर्माण गर्ने निर्णय पनि बैठकले गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री कार्कीले बताउनुभयो ।  
–––  

Leave a Reply

Your email address will not be published. Required fields are marked *