Uncategorizedहेडलाइन

कोमल वलीलाई दामोदर अर्यालको कविताबाटै जवाफ

Advertisements
MAHABAI RURAL MUNICIPALITY

हो नानि !
तिमिले ठिकै भन्यौ,
“क्षेपारा जस्तै मौसमी रङ्ग बदल्ने बाँदरहरुको निश्चित परिवेश हुदैन”
त्यसैले त !
तिमिले राप्रपा देखि एमालेसम्म भ्याएकी छौ,
हो नानी !
तिमिले ठिकै भन्यौ,
“बाँदरहरुको निश्चित भेष हुदैन”

त्यसैले त !
तिम्रा पश्चिमा जगल्टे कपालहरुले नेपाली छाेरि चेलिहरुकाे प्रतिनिधित्व गर्दैन ।
हो नानी !
तिमिले ठिकै भन्यौ,
“बाँदरहरु खेती गर्दैनन् ”
त्यसैले त !
तिमिले अर्काले बनाएको घरमा ढलिमलि गर्न पाएकी छौ ।

हो नानी !
तिमिले ठिकै भन्यौ,
“कर्मको कुटाे नलगाउने ती बाँदरहरु”
त्यसैले त !
तिमी दरवारमा नाचगान गरिरहँदा ती बाँदरहरु जनताको घरझुपडीहरुमा चेतनाको दियो बाल्दै हिडथे ।

हो नानी !
तिमिले ठिकै भन्यौ,
ती सङ्गठन बनाउनेहरु बादरै हुन ।
तिम्रो पो घरजम छ र ! ती त बेवारिसे हुन ।
हो नानी !
तिमिले ठिकै भन्यौ ।

(यो कविता दामोदर अर्यालको फेसबुकबाट साभार गरिएको हो !)

Leave a Reply

Your email address will not be published. Required fields are marked *