आलेख/अग्रलेखहेडलाइन

थोमस पिकेटीको उत्कृष्ट कीर्ति: पॅूजी

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रेमबहादुर सिंह

सन् २०१३ अगष्टमा फ्रेन्च र सन् २०१४ अप्रिलमा अंग्रेजी भाषामा प्रथम पटक प्रकाशित “एक्काईसौं शताब्दिमा पॅूजी” (capital in the twenty first century) नामक पुस्तक प्रसिध्द फ्रेन्च अर्थशास्त्री थोमस पिकेटी( Thomas Piketty)को “उत्कृष्ट कीर्ति” ( Masterpiece) हो।यो पुस्तक अठारौं शताब्दिदेखि हालसम्म युरोप,अमेरिका लगायत बिकसित देशहरूमा देखा परेको पॅूजी र आय असमानतामा केन्द्रित छ।

यस पुस्तकले अघि सारेका मुख्य तर्कहरू देहाय बमोजिम छन्:-

१.जब लामो अबधिसम्म पॅूजीमा प्रतिफलको दर आर्थिक बृध्दिको दरभन्दा बढी हुन्छ, परिणामत: पॅूजीको केन्द्रीकरण हुन्छ र पॅूजीको यस असमान बितरणले सामाजिक र आर्थिक अस्थिरता उत्पन्न हुन्छ।

२.असमानता दुर्घटना होईन बरू पॅूजीवादको विशेषता हो र यसलाई राज्यको हस्तक्षेपबाट मात्र उल्ट्याउन सकिन्छ।

३.जबसम्म पॅूजीवादमा सुधार गरिदैन हमेशा प्रजातान्त्रिक शासन प्रणालीलाई खतरा रहि रहनेछ।

४.असमानता न्यूनीकरण गर्न र बिशाल पॅूजीलाई अल्पसंख्यकको नियन्त्रणमा राख्नबाट जोगिन र सम्पतिको पुनर्बितरण गर्न  प्रगतिशील सम्पति करहरूको एक विश्वव्यापी प्रणाली अत्याबश्यक छ।

थोमस पिकेटीद्वारा लिखित “एक्काईसौं शताब्दिमा पॅूजी” नामक पुस्तकले अघि सारेका अवधारणाहरूलाई थप पुष्टि,व्याख्या र विश्लेषण गरिएको सन् २०१९ सेप्टेम्वरमा प्रकाशित “पॅूजी र बिचारधारा” ( capital and ideology) नामक पुस्तक पिकेटीको अर्को उत्कृष्ट रचना हो जसमा १८रौं शताब्दिदेखि हालसम्म  युरोप,अमेरिका,सोभियतसंघ, चीन, भारत लगायत बिकसित देशहरूमा  सम्पति र आयमा देखा परेका असमानता बारे तथ्य तथांक सहित विस्तृत व्याख्या र विशेषण गरिएको छ।

असमानता र अन्यायमा आधारित व्यवस्थाको सट्टा पॅूजीवादका विकृतिहरूलाई हटाइ समानता, न्यायमा आधारित भ्रातृत्वपूर्ण विश्व व्यवस्था स्थापनार्थ थोमस पिकेटी जस्ता हस्तिहरूले अघि सारेका समय  सापेक्ष र अग्रगामी अवधारणाहरू  मानबजातिले आजसम्म अध्यायन, अनुभव र अभ्यासबाट प्राप्त गरेको उत्कृष्ट ज्ञान हो जसलाई आत्मसात र अवलम्वन गरेर नयॅा उत्कृष्ट विश्व व्यवस्था स्थापना गर्न सकिन्छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *