अर्थराष्ट्रिय समाचारसमाचार

बजेट विनियोजनको विवरण माग   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

वाग्मती, असार (रासस) :

वाग्मती प्रदेशसभाको प्रदेश मामिला समितिले प्रदेश सरकारलाई आगामी आव ०७८÷७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग गरेको छ । सभाको प्रदेश मामिला समितिका अनुसार प्रदेश सरकारलाई विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि के कस्ता कार्यक्रम ल्याउने तथा के कति रकम विनियोजन भएको छ सो सम्बन्धमा समितिलाई १५ दिनभित्र विवरण पेश गर्न माग गरेको हो ।

प्रदेशको सिन्धुपाल्चोकमा गएको बाढीबाट ठूलो धनजनको क्षति भएको भन्दै समितिका सभापति माधव पौडेलले प्रदेशभित्रका अन्य धेरै ठाँउ पनि जोखिमयुक्त रहेकाले प्राकृतिक विपत्तिको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि विस्तृत विवरण माग गरी सोहीअनुसार पूर्वतयारी अघि बढाइने जानकारी दिनुभयो । यस्तै समितिले प्रदेशभित्रका नागरिकमा कोभिड–१९ खोपको पहिलो र दोस्रो मात्रा लगाउनेको सङ्ख्याको तथ्याङ्क माग गर्दै सो सम्बन्धमा पहिलो चरणमा रसुवा, धादिङ र नुवाकोटमा स्थलगत रूपमा विवरण सङ्कलन गर्ने जनाएको छ ।

अस्पताललाई सहयोग

प्रदेश राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पताललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले अक्सिजन र अक्सिजन जेनेरेटर सहयोग गरेको छ । अस्पताललाई राप्रपा मकवानपुरले मङ्गलबार ३५ थान अक्सिजन सिलिण्डर र एकथान अक्सिजन जेनेरेटर सहयोग गरेको हो ।

अमर धन स्मृति प्रतिष्ठानका संस्थापक त्रिलोक गुरुङ तथा हङकङका व्यापारी सिन हेतुङको सहयोगमा खरिद गरिएको अक्सिजन सिलिण्डर र अक्सिजन जेनेरेटर अस्पताललाई सहयोग गरिएको राप्रपा मकवानपुरले जनाएको छ ।

त्यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिकामा सञ्चालित कोभिड अस्पताललाई मकवानपुर कोरिया मञ्चले रु दुई लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका मकवानपुरका युवाहरुको सक्रियतामा स्थापित मञ्चको आर्थिक सहयोग तथा बस्तीपुर जेसिजको समन्वयमा राक्सिराङमा रहेको कोभिड अस्पताललाई विविध प्रकारका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो ।

मञ्चले अस्पताललाई एक थान वासिङ मेसिन, पाँच थान बेड साइड राउण्ड चेयर, एक थान पेसेन्ट ट्रली, १० थान बेड साइड लकर, दुई थान राउण्ड ड्रेसिङ ट्रली, ३० थान रियुजÞेवल पिपिई, एक हजार ७५० प्रति सर्जिकल मास्क, २५ लिटर सेनिटाइजर, २५० प्रति सर्जिकल ग्लोब्स र ३० थान फेस शिल्ड उपलब्व्ध गराएको छ ।

सहयोग अभियानअन्तर्गत मञ्चले यसअघि मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल, गढी गाउँपालिका तथा कैलाश गाउँपालिकालाई पनि विविध स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

यसैबीच रोटरी क्लब अफ मकवानपुरले थाहा नगरपालिका र कैलाश गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ अस्पतालका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । क्बलले रु चार लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको क्लबका अध्यक्ष कविन सांगामीले जानकारी दिनुभयो । क्लबले थाहा नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर, पाँच थान अक्सिजन सिलिण्डर, दुई हजार प्रति मास्क र २५ लिटर सेनिटाइजर उपलब्ध गराएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *