राजनीतिराष्ट्रिय समाचार

पूर्वराज्यमन्त्री विष्टको निधनप्रति सुर्खेतबासी दुखित

Advertisements
MAHABAI RURAL MUNICIPALITY

 कर्णाली, ६ असार (रासस) ः

नेपाली कांग्रेस सुर्खेतका नेता एवं पूर्व संविधानसभा सदस्य तप्तबहादुर विष्टको निधनप्रति सुर्खेत जिल्लावासी दुखित भएका छन् । नेता विष्टको उपचारको क्रममा आज बिहान काठमाडौँमा निधन भएको हो । 

कोरोना सङ्क्रमण भएसँगै उहाँलाई थप उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पतालमा राखिएको थियो । उहाँको उपचारको क्रममा आज बिहान निधन भएको विष्टका भाइ बल विष्टले जानकारी दिनुभयो । 

पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट २०३६ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय हुनुभएको थियो । सुर्खेतका पूर्व जिल्ला विकास समितिका उपसभापति, काँग्रेस सुर्खेतका पूर्व सभापति, संविधानसभा सदस्यसहित उहाँले सञ्चार राज्यमन्त्रीको भूमिका निर्वाह गर्नु भएको थियो । 

निरन्तर जनताको पक्षमा आवाज उठाउने नेता विष्टको निधनले काँग्रेस सुर्खेत र सिङ्गो पार्टीलाई अपूरणीय क्षति पुगेको जिल्ला पार्टी सभापति कमलराज रेग्मीले बताउनुभयो । उहाँले सुर्खेतको राजनीतिमा नेपाली कांग्रेसले एक खम्बा गुमाएको भन्दै मृत आत्माको चीरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । 

  
 

  
–––

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *