राष्ट्रिय समाचारस्वास्थ्य

कोभिड–१९ आयुर्वेद आइसोलेशन केन्द्र सञ्चालनमा   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

चितवन, १८ जेठ(रासस):

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर चितवनले भरतपुरको शिवनगरमा २० शय्याको आयुर्वेद आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । आयुर्वेद, जडीबुटी, व्यायाम, योग, प्रणायम, जीवनशैली व्यवस्थापन र अमृत भोजनका साथमा कोरोना सङ्क्रमितका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

लाक्षणिक उपचारका लागि आयुर्वेद औषधिको प्रयोग गरी उपचार गरिने लक्ष्य लिइएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोग एवं भरतपुर महानगरको स्थानीय सहयोगमा प्रस्तावित प्रादेशीक आयुर्वेद अस्पताल निर्माण स्थलमा सोमबार साँझ आइसोलेशन केन्द्रको उद्घाटन गरिएको हो । केन्द्रको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले उद्घाटन गर्नुभयो । सो अवसरमा दाहालले जिल्लामा आयुर्वेद, प्राकृतिक चिकित्सा र योगको सम्भावन धेरै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाको पहिलो लहरमा हामीले ५०० सङ्क्रमितको प्राकृतिक चिकित्सा विधिबाट उपचार ग¥यौँ ।”

प्रमुख जिल्ला अधिकारी लामिछानेले कोभिड सङ्क्रमण भई सामान्य लक्षण भएका सङ्क्रमितको उपचारमा आयुर्वेद आइसोलेशन प्रभावकारी हुने बताउनुभयो । सो अवसरमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर चितवनका सञ्चालक एवं व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकु्मार श्रेष्ठ, सोही कार्यालयका प्रमुख आयुर्वेद चिकित्सक डा कोपिला अधिकारीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा आयुर्वेद चिकित्सक अधिकारीले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा जारी कोभिड महामारी रोकथाम, नियन्त्रण एवं उपचार निर्देशिकामा आधारित भई उपचार सेवा दिइने जानकारी दिनुभयो । निःशुल्क सेवा दिइने आइसोलेशनमा चिकित्सकसहित आयुर्वेदका स्वास्थ्यकर्मी रहने छन् । आइसोलेशन केन्द्र अक्सिजनसहितको रहेको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *