आलेख/अग्रलेखविचार

भरिया

Advertisements
MAHABAI RURAL MUNICIPALITY

रबिन अाचार्य

पैतालाहरु भतभत पोलिरहेका छन् । सायद यो माटोलाई यी छालाहरु मन परेनन् होला । कहिले दाइने खुट्टाको बुढीऔंलालाई ती तिखा पत्थरहरुले लात्ति हान्छन त कैले ज्वालामुखि फुट्दा धर्ति चिरिए झै पैतालाहरूमा चिरा पर्छन् । सुनेको थिए तिम्ले टेक्दा त तिम्रो सहरमा राता कार्पेटहरु बिछ्यौछन् ।
तर म तिमी हैन ।
मैले टेक्दा त राता रगतहरुका कर्ण्ााली  बग्छन । भन्छन, तिम्ले लगाउने टोपीले देशको गरिमा बोकेको छ तर मेरो टोपीले मुगु बासीहरुको भोक बोकिराखेको छ । यो झुत्रे, च्यातिएको, मैलो टोपी मेरो साथि हो, जो यात्रामा थकित भएको बेला पशिना पुछिदिन्छ । तिम्रा सहरमा त चिल्ला मोटरहरु कुद्छन रे नि !
तिमी धेरै भाग्यमानि रहेछौ, तिमी दश चोटी लडे एघार चोटी उठ्छौ, तर म लडे भनि त ? म लडे भनि म जस्तै एकले संसार देख्न पाउदैन । म लडे भनि त, म जस्तै जन्माउने मन्दिर ढल्छ ।
थाहा छ एउटा कुरा ?
जब सम्म मेरो थाप्लोमा नाम्लोको बरियो छ नि, म जस्तै अर्काको पेट भरिन्छ ।  मलाई पाइलाहरु चलाउन  कर्ण्ाालीका   तिरहरुले आँट दिराखेका छन् । म सिङ्गो तराई बोकेर हिम चुलिको फेदमा पुग्छु ।
म भरिया हुँ ।
मैले जीवन बोकेको छु ।  मैले सुनेको तिम्ले देश बोकेको छौ, माटो बोकेको छैा, तर खै ? मलाइ त तेस्तो लाग्दैन ! तिमी कम्जोर छौ, जाबो हाम्रो सपना त बोक्न सकेनौ । तिम्ले रोग बोकेको छौ अनि मैले त्यसको औसधि ।
मलाई बिर्सिएउ तिम्ले ?
हुन त सम्झिनु नि कसरी, मैले तिम्रो धरातल बोकेको छु, सायद तिम्लाई भुल्ने रोग लागेको छ ।  तिम्ले आमा बिर्सियौ, तिम्ले धरातल बिर्सियौ, तिम्ले मलाई बिर्सियौ, तिम्ले भोक बिर्सियौ । जब सम्म मेरा खुट्टा चल्छ म मलाई बिर्सिन दिने छैन । जब म मलाई सम्झिन्छु, म तिमीलाई सम्झिन आवश्यक बनाउदिन ।  म त एक भरिया हुँ ।  म मुगुका आशाहरु तल देखि नाम्लोमा बोकेर माथिसम्म लैजान्छु ।
म त एक आशा हुन् ।  तिमी भन्दा बेग्लै कहिले पनि नलड्ने सपनाको एउटा बिम्ब हुँ ।  सुदुरका यी नलड्ने फाँटहरुकाे एउटा सग्लो मानव चित्र हुँ।
म तिमी भन्दा खुशी छु ।  तिम्ले जसलाई बिर्सियौ नि, म त्यसलाई सम्झिन्छु । म मैले देखेको पुरै देशलाई सम्झिन्छु।। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *