सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु
- सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु
२४ वैशाख २०८०, आइतबार
काठमाडौं, वैशाख २४ गते । सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्रपौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुपसदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा अपरान्ह ४ बजेदेखि राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक प्रारम्भ भएकोछ । बैठकको सुरुमै सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरापढेर सुनाउनुभयो ।
यस अधिवेशनमा मुख्यरुपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । अधिवेशन प्रारम्भसँगैप्रिबजेट छलफल गरिने भएकाले अर्थमन्त्री डा. प्रकाशशरण महतले आजकै बैठकमा आर्थिक वर्ष २०८०–८१का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफलगरियोस् भन्ने प्रस्ताव पेस गर्नुभयो ।
यसैबीच राष्ट्रियसभाको आजदेखि १४ औँ अधिवेशन सुरु भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसादतिमिल्सिनाले अपरान्ह ठिक ४ बजे सुरु भएको अधिवेशनको पहिलो बैठकको प्रारम्भमै सांसदलाई स्वागतगर्नुभयो ।
बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र र वर्तमान मन्त्रिपरिषदमा पछिल्लो समय भएकोमन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा अध्यक्ष तिमिल्सिनाले पढेर सुनाउनुभयो ।
बैठकमा लोकतन्त्र प्राप्त गर्ने सन्दर्भमा वीरगति प्राप्त गर्ने ज्ञातअज्ञात शहीदको सम्मानमा एक मिनेटमौनधारण गरिएको थियो । माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा ५९ सदस्यीय छन् ।