अर्थराष्ट्रिय समाचार

नेपाल बैकर्स संघमा तीन सदस्य चयन हुँदै

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ — वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैकर्स संघको कार्यकारी समितिमा तीनजना सदस्य नेपाल बैकर्स संघमा तीन सदस्य चयन हुँदै । खाली रहेको तीनजना सदस्यमा तीन जनाको मात्र उम्मेदवारी आएपछि उनीहरू निर्विरोध निर्वाचित हुने भएका हुन् । सोमबार सम्पन्न संघको ३६ औं वार्षिक साधारणसभाले ती सदस्य चयनको निर्णय गर्नेछ । संघले आज तीन बजेका लागि साधारणसभा डाकेको छ ।

हाल संघमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार डे र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको एक कार्यकाल सकिएको छ । यस्तै, मेगा बैंककी पूर्व कार्यकारी अधिकृत अनुपमा खुञ्जेली बैंकबाट बाहिरिएपछि उक्त पद पनि खाली छ । संघमा सदस्यहरू दुई कार्यकाल रहन पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार डे र पौडेलले अर्को एक कार्यकालका लागि दोहोरिँदै छन् भने नयाँ सदस्यमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ चयन हुदैँछन् ।

Illustration: Ratna Sagar Shrestha/THT

संघमा एक वर्ष अध्यक्ष तथा उपाध्यक्ष र अर्को वर्ष सदस्यहरूको निर्वाचन हुन्छ । सोही प्रक्रिया अन्तर्गत खाली रहेका तीन सदस्यहरू अहिले चयन हुन लागेका हुन् । यस्तै, संघले पूर्व गर्भनर तिलक रावललाई सम्मान गर्ने भएको छ । वित्तीय क्षेत्रमा योगदान पुर्‍याएको व्यक्तिहरूमध्येबाट हरेक वर्ष एकजनालाई संघले सम्मान गर्दै आएको छ । सोही क्रममा यो वर्ष रावललाई सम्मान गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *