विश्व कम्युनिस्ट आन्दोलन र नेपाल
इन्दिरा संज्याल
कम्युनिस्ट आन्दोलनको जन्म ऐतिहासिक संघर्सषमा रुपमा सगठित गर्दै आम जनसमुदायको मुक्तिको निम्ति समानताको राज्य र सरकार स्थापित गर्ने दृढ़ संकल्प र इच्छाशक्ति तथा उद्देश्य राखेर भएको थियो । सबै प्रकारका कृतिम र मानव निर्मित शोषण र दमन विभेद विरुद्धको मोर्चा निर्माण गर्ने क्रममा बर्गबिहिन समाजको परिकल्पनालाई साकार रुप दिन अन्तरष्रटराष्ट्रिय रुपमा युरोपबाट कार्लमाक्स र एंगेल्सले सन् १८४८को आफ्नो पहिलो ऐतिहासिक दस्तावेज ‘कम्यूनिष्ट घोषणापत्र’ सार्बजनिक गर्दै अघि बढाएको थियो। संसार भरीका बहुसंख्यक श्रमजिबि सोशित पिडितहरुको प्रेरणाको स्रोत सोभियत सघको राप र तापले सं यति सारभर तिब्र गतिमा अन्तरास्ट्रिय कम्युनिस्ट आन्दोलन फैलिएको थियो। सन्सारभरिका सामराज्यबादी र बिस्तारबादी तथाप्रतिक्रिष्याटवादीहरुलाई टाउको दुखाइ को बिषय बनिरहेको थियो। मुट्ठी भर मानिसहरुको हितको रक्षा र बहु सन्ख्यक आम शोसित पिडित श्रमजिबि जनसमुदायको शोषण दमन र विभेद गर्न पल्किएका सन्सार भरका पुजिबादी हरु सामराज्यबादीहरु र प्रतिक्रियाबादीहरुको सडयन्त्रलाई चिर्दै र सबै प्रकारका सडयन्त्रका पर्खाल भत्काउदै पुर्बी युरोप र एसिया र सन्सारका धेरै कम्युनिस्टहरुले सरकार सन्चालन गर्ने सुभ अबसर प्राप्त गरे। विशेषत चिनिया कम्युनिस्ट पार्टी र क. माओको नौलो जनबादी क्रान्तिलाई सफल्ताका साथ सफल पार्दै कम्युनिस्ट सरकार स्थापित गर्ने र अन्तररास्तिय कम्युनिस्ट आन्दोलन लाई अधि बढाउने काम गरे ।
कम्युनिस्ट आन्दोलन लाई अघि बढाउने र सफल्ता प्राप्त गर्ने सोभियत सघका अर्का बहु चर्चित नेता क स्टालिन तेस्तै भितनाम का होचिमिन्हा कोरियाका किमइल सुङग क्युवाका पिडेल क्यास्ट्रो लगाएतका ब्याक्तिहरुले आफ्नो देशका प्रतिक्रियावादीहरु र अन्तरास्ट्रिय पुजिबादी तथा सामरज्यबादीहरुका सबै प्रकारका बाधा ब्याबधान र चुनौतीहरुलाई तोड्दै अन्तरास्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र आन्तरिक रुप मा देखिएका आन्तरिक अन्तर बिरोध र अन्तर सघर्सलाई सहि रुपमा ब्याबस्थापन गर्ने सामर्थ्य देखिएन । विश्व कम्युनिस्ट आन्दोलन भित्र देखा परेका आन्तरिक समस्याहरु मै खेल्ने र चल्खेल गर्न सफल विश्व सामरज्यबाद को बाहिय हस्तछेप, सडयन्त्र र घुसपैठको कारण र स्टालिन को निधन पश्चात् विश्व कम्युनिस्ट आन्दोलन धरासाही बन्ने क्रम तीब्र गतिमा बढेर जान थाल्यो। दक्षिणपन्थी सम्सोधन्बाद को तीब्र बेगले कम्युनिस्ट आन्दोलनलाई लपेटन सुरुवात गरे सगै सुरु भएको कम्युनिस्ट आन्दोलनको विघटन गोर्बाचोभ सम्मआइपुग्दा सोभियत सघको विघटनसगै विश्व कम्युनिस्ट आन्दोलन तिब्र गतिमा ओरालो लाग्यो ।आन्तरिक समस्या र बाहिरिय हस्तछेपको सिकार बनेको अन्तररास्ट्रिय कम्युनिस्ट आन्दोलनमा युगोस्लाभीयाका मार्सल ठिटो हुँदै पोल्पोट चाउचेस्कु जस्ता कम्युनिस्ट आन्दोलन भित्रका खलपात्रको बदनामिले सिङ्गो कम्युनिस्ट आन्दोलनलाई बदनाम बनाउने काम गर्यो। बिशेश गरि कम्युनिस्ट आन्दोलनमा मौलाएको अति केन्द्रिकरणको समस्या अन्तर बिरोधलाई हल गर्न नसक्ने समास्या आम जनताबाट नेतृत्व अगल हुँदै जानू नेतृत्व बर्गमा पैदा भएको महत्त्वकान्छी नेतृत्व बर्ग नै सामराज्यबादि चङुलमा फस्दै जानू पार्टीको रणनीति योजनालाई पूरा गर्न सहि कार्यनीति को चयन सन्चालन र ब्याबथापन गर्न नसक्नु बर्ग सघर्सलाई सहिरुपमा सन्चालन गर्न नसक्नु यस्ता आन्तरीक समस्या र कम्जोरिका कारण अन्तरास्ट्रिय कम्युनिस्ट आन्दोलन विघटन हुने अबस्थामा पुग्यो ।
नेपाली कम्युनिस्ट आन्दोलनको सुरुवात क. पुस्पलाल को नेतृत्व मा २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टी स्थापनासगै सुरु हुन पुग्यो। देश मा जहानिया निरंकुश तानाशाही राणशासन को बरबर्तापुर्ण राजनैतिक बाताबरणमा सिर्जना भएको कम्युनिस्ट आन्दोलन मौलाउने बाताबरण र अन्तरास्ट्रिय कम्युनिस्ट आन्दोलनको विशेसत प्रभावका कारण नेपाली कम्युनिस्ट आन्दोलनलाई विशेषत बैचारिक आधार प्रदान भएको थियो। ७२ बर्स अघि स्थापित कम्युनिस्ट पार्टी को रणनीति उद्देश्य बैज्ञानिक समाजबाट स्थापना गर्ने र देश भित्र रहेका सामान्ती निरंकुशसत्ताहरुलाइ ध्वस्त पार्दै नेपाली आम श्रम जिबि शोषित पीडित नेपाली जनताको मुक्ति को उद्देश्यलाइ विशेषत प्रमुखता दिएको थियो ।नेतृत्वमा देखिएको समस्या ब्याक्तिबादी चरित्र सामानत्बादीसत्तासगै बिक्ने रायमाझी प्रबृत्ति तात्कालीन कार्यनीति लाई लिएर हुने बिबाद न्युनतम कार्यक्रमलाई अधिकतम कार्यक्रम सग जोड्न नसक्ने समस्या आदिका कारण नेपाली कम्युनिस्ट आन्दोलन ले टुट्फुटको धेरै श्रृखला पार गर्नु पर्यो। एकातिर२०१७ साल राजा महेन्द्रको प्रजातन्त्र माथीको कु निरंकुश पन्चायती ब्याबस्था२०३६ सालको आन्दोलन २०४६ सालको प्रजान्तन्त्र को पुन स्थापना को आन्दोलन २०५२ को माओबादी जनयुद्ध ०६२।०६३ को माहान जनाअन्दोलन जस्ता महत्त्वपूर्ण भुमिका निर्बाहा गर्न सफल बन्यो भने अर्को तिर आन्तरिक रुपमा मार्क्सवाद र लेनिनवाद का आधारभुत सच्चाइलाई शैदान्तिक रुपमा प्रयोगमा ल्याउने सवालमा देखिएका समस्या नेतृत्वमा पलाउने निम्न पुजिबादी प्रवृत्ति जडसुत्र्बादी प्रवृत्ति दक्षिण पन्थी प्रवृत्ति यीर यस्तै आन्तरिक समस्याहरुकै कारण आन्तरिक अन्तरबिरोधमा रुमलिने समस्या पनि नेपाली कम्युनिस्ट आन्दोलनले बेहोर्नु पर्यो। आन्तरिक अन्तरबिरोधहरुमा देशी तथा बिदेशी प्रतिक्रियावादीहरुले प्रसस्त खेल्न पाउने आफ्नो योजना सहर्स छिराउन पाउने पात्रहरु प्राप्त हुने र अन्तर बिरोध र अन्तर सघर्समा खेलेर प्रतिक्रियावादीहरुको गोटि को रुपमा भर पर्दो पात्रकोहरुको खोजी प्रयोग र सन्चालन गरिएका बिगतका तिता यथार्थलाई आजको मितिसम्म आइपुग्दा पनि उहीँ तरिकाले कम्युनिस्ट आन्दोलन भित्र आन्तरिक तथा बाहिरिय प्रतिक्रियाबादीहरुको चल्खेल अत्यन्त चर्को रुपमा बढेर गएको छ ।
सन्सार भरिमा ओरालो लागेको कम्युनिस्ट आन्दोलन नेपालमा तीब्र बेगमा उकालो चडदै गरेको छ। किन देशी तथा बिदेशी प्रतिक्रियावादीहरु तथा सामरज्यबादीहरुलाई विशेषत टाउको दुखाइ को बिसय बनिरहेको छ। कम्युनिस्ट पार्टीहरु सरकार सन्चालनको क्षेमता राख्ने अबस्थामा जब नेपालमा सृजना भयो तब देखि देशी तथा बिदेशी प्रतिक्रियावादी तथा सामरज्यबादी शक्तिहरुको निद हराम भयो। यो अबस्था जसरी पनि छिन्न भिन्न पार्नु छ अथवा जसरी पनि कम्युनिस्ट आन्दोलन लाई तहस नहस पार्नु छ तेहि मेसोमा देशी तथा बिदेशी प्रतिक्रियावादीहरुले आफ्नो गतिलो भर पर्दो र बिस्वासिलो पात्रहरुलाइ माधाब नेपाल लाई भेटाउन सफल भएका छन र उनीहरुको भर पर्दो गोटिको रूपमा पार्टी भित्र पात्रहरुले पार्टी हित बिरुध्द काम गरिरहेका छन् ।नेकपा एमाले भित्र बिग्रह पैदा गर्ने पार्टी लाइ फुट्को दिशामा धकेल्ने पार्टी अनुसासनको प्रबाह नगर्ने पार्टी को अध्यक्ष विरुद्ध मोर्चा बन्दी गर्ने आफ्नो पार्टी को सरकार ढाल्न प्रतिक्रियावादीहरुसग साट्गाट गर्ने पार्टी हुइपको बेवास्था गर्दै देउवा सरकार लाई बिस्वासको मत दिने पार्टीभित्रका पात्र र प्रवृतिले आन्दोलनलाई तहस नहस पार्न लागिरहनु भएको छन्। यस्तो अबस्थामा पार्टी ले समय मै कार्बाहिको प्रक्रिया बढाउने र पार्टी कै नाम लिदै पार्टी लाई नै बदनाम बनाउने हर्कद गर्ने हरु लाई समय मै उचित दण्ड र कारबाही को भागिदार बनाउन नसकिरहेको अबस्था देखा परेको छ यस्तो नाङ्गो नाच नाच्ने हरुलाई छिटो भन्दा छिटो कार्बाही होस । यदि नेपाली कम्युनिस्ट आन्दोलन लाई एकीकृत रुपमा अगाडि बढाउने र देश को नेतृत्व गर्न सक्ने हैसियत र समृद्धि नेपाल सुखी नेपालिको राष्ट्रिय आकांछालाई पूरा गर्ने दृढ़ इच्छा शक्ति राख्ने हो भने पार्टी को बिचार अनुसासनबद्द संघठनहरु एकीकृत योजना नेतृत्व निर्माण अनुसासनबद्द पार्टी सदस्य हरुको निर्माण बर्तमान अबस्थामा पार्टी ले ढिलो नगरी तुरुन्तै पहल कदमी चाल्नु पर्छ अराजक हरुको भिड्ले लेलिनबादी संघठनात्मक ढाचा निर्माण हुन सक्दैनन। लोकतान्त्रिककरणको नाममा स्वछन्दबाद ब्याक्तिबाद अराजक्ताबाद र भडुवाबाद लाई प्रसय कदापी दिनु हुदैन अराजक्ताबादी अबसरबादी हरुको झुन्ड र गुट लाई बोकेर पार्टी भित्र एकता खोज्ने मुर्खता जति धेरै रहिरह्न्छ त्यति धेरै पार्टी र देश र आम जनताले दुख पाउनु सिबाय केही छैन।यसकारण नेपाली कम्युनिस्ट आन्दोलन लाई अझ उचाइमा पुर्याउने विश्व कम्युनिस्ट आन्दोलनमा देखा परेका समस्याहरुको पहिचान गर्ने र नेतृत्व गर्न हैसियत राख्ने क्षेमता को निर्माण गर्दै एक अनुसासित पार्टी र बैचारिक नेतृत्व को पुन निर्माण हुन जरुरी छ . ।।