राष्ट्रिय समाचारसमाचारसूचना-प्रविधि

तनहुँ समाचार : सम्पदा संरक्षणमा स्थानीय तह   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

सानेबहादुर नेपाली, तनहुँ, १७ वैशाख (रासस) :

यहाँका स्थानीय तह आफ्नो पालिकाभित्र रहेका धार्मिक, वातावरणीय, पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएका पुख्र्यौली सम्पदाहरूको संरक्षणमा जुटेका छन् । पुख्र्याैली सम्पदाका रूपमा रहेका पाटीपौवा, चौतारा, पोखरी, घुमाउने घरलगायत संरचानाको संरक्षण एवं संवद्र्धनका लागि स्थानीय तहहरू जुटेका हुन् ।

बटुवा हिँड्दा बास बस्ने, घामपानी पर्दा ओत लाग्ने, वन्यजन्तुका लागि रहेको पराम्परागत पोखरी, घुमाउने घरलगायत लोप हुँदै जान थालेपछि संरक्षणमा जुटेका हुन् । बटुवा बास बस्ने, काम गरेर थाकेपछि थकाइ मेट्ने, काम तथा हिँड्ने क्रममा हावाहुरी, असिनापानी आउँदा ओत लाग्न प्रयोग हुने पाटीपौवा संरक्षण अभावमा भत्कँदै गएपछि यहाँका सबै पालिकाले संरक्षण थालेका छन् ।

जिल्लाको आँबुखैरेनी गाउँपालिकाले आफ्नो मातहतमा रहेका छ वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत पुरानो बाटो, चौतारा र सामुदायिक वनमा पोखरी र घुमाउने घर निर्माण गरेको छ । आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कमा रहेको दुई घुमाउने घरको संरक्षण गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । वनमा पानी नहुँदा वन्यजन्तु गाउँमा पस्ने र मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणलाई प्राथामिकतामा राखेर काम गरेको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

गाउँपालिकाले विभिन्न सामुदायिक वन क्षेत्रमा आठ पोखरी निर्माण गरिसकेको छ भने दुई पाटीपौवाको समेत मर्मतसम्भार गरी संरक्षण गरिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत विकास निर्माणका काम गर्दा करिब रु ५० लाख खर्च भएको गाउँपालिका कार्यालयले जनाएको छ । आधुनिक जीवन शैलीले पनि पाटीपौवाको संरक्षणमा सम्बन्धित पालिकाको अझै ध्यान पुग्न सकेको देखिँदैन ।

पाटीपौवाको वातावरणीय तथा धार्मिक महत्व भएकाले यसको संरक्षण गर्नुपर्छ भनेर क्लबमा आवद्ध युवा मिलेर जनचेतना जगाउने तथा सरसफाइका काम गर्दै आएको एलायन्स क्लब अफ तनहुँका अध्यक्ष जमुना जोशीले बताउनुभयो । “सडक सञ्जाल नजोडिएको र होटल सुविधा नभएको समयमा बटुवा र तीर्थयात्रीका लागि पाटीपौवा अनिवार्य हुन्थ्यो”, अध्यक्ष जोशीले भन्नुभयो, “बजारमा होटल र गाउँमा घरबास भएकाले लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणमा जुट्नुपर्ने आवश्यक देखिएको छ ।”

राति बास बस्नसमेत प्रयोग गर्न मिल्ने गरी बाटाको छेउमा तथा तनहुँको धार्मिकस्थल देवघाट, व्यास तथा पराशर क्षेत्र, थानीमाई, छाब्दीवाराही, ढोरबाराही, विभिन्न ठाउँमा निर्माण गरिएका पाटीपौवा संरक्षणको अभावमा सङ्कटमा पर्दै जान थालेका छन् । वावारणीय दृष्टिकोणले राम्रो, ढुङ्गाको छानो, ढुङ्गा र माटोको गारो तथा काठ प्रयोग गरिएका पाटीपौवा लोप हुँदै गएको र धार्मिक भावाना भएका केही व्यक्तिले सिमेन्ट, फलाम र टिनको प्रयोग गरेर बनाउने गरेको यसको महत्व ओझेलमा पर्दै गएको छ ।

पहिले हरेका गाउँ र बस्तीका बाटोघाटोको छेउमा पाटीपौवा हुने गरेको हाल भत्किएर कमै मात्रामा देखिन थालेको व्यास नगरपालिका–३ पोल्याङस्थित पोल्याङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष खडानन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *