समाचारहेडलाइन

राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ३० साउन २०८०, मंगलबार

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु गरिएको छ ।

बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बिहानबाट सुन गाल्न सुरु गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सुन गाल्न सुरु गरिएको हो ।

ब्रेक शु भनेर विदेशबाट ल्याइएको सुन राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलबाट बरामद गरेको थियो । उक्त सुन जोख्नका लागि नेपाल राष्ट्र बैंकको बबरमहलस्थित कार्यालयमा ल्याएर राखिएको थियो । सोमबार ब्रेक शु छुट्याएर सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको  राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर अर्यालले बताएका छन् ।

तस्करीको सुन बरामद भएदेखि नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ । सुन तस्करी प्रकरणमा सरकारकै सेटिङ भएको आशंका गर्दै एमालेले यसको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गरेको छ ।

सरकारले भने राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन तस्करी प्रकरणको अनुसन्धान गर्दै आएकाले उच्चस्तरीय समिति आवश्यक नरहेको जनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *