समाचार

जुम्लाको गुठीचौर गाउँपालिकामा मदिरा पिउन अनिवार्य लाइसेन्स

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौं -जुम्लाको गुठिचौर गाउँपालिकामा रक्सी सेवन गर्नेहरुले १ भदौ २०८० अगाडि नै मदिरा (रक्सी) सेवन कार्ड लिनु पर्ने भएको छ । यस गाउँपालिकाको मदिरा (रक्सी) नियन्त्रण कार्यविधि २०८० पास भएसँगै यो नियम कार्यान्वयनमा आउने भएको हो ।

कार्यविधि लागू भएपछि पालिकावासी पियक्कडले ५ सय रुपैयाँ तिरेर मदिरा सेवन कार्ड बनाउनुपर्नेछ भने त्यति नै रकम बुझाएर बर्सेनि नवीकरण पनि गर्नुपर्नेछ ।

पालिका बाहिरका मदिरा सेवनकर्ताका लागि भने एक सय रुपैयाँमा अतिथि मदिरा कार्ड उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । कार्यविधिले एक व्यक्तिले एक दिनमा बियर अधिकतम एक बोतल र हार्डड्रिंक्स १ सय ८० मिलिलिटर मात्र पिउन पाउने गरी हदबन्दी लगाएको छ ।

गुठीचौर गाउँपालिकाले १५ औं गाउँसभाबाट उक्त कार्यविधि पारित गरेको हो । पालिकाले मदिरा बेच्नेका हकमा पनि नियम तय गरेको छ । कार्यविधिमा थोक विक्रेताले बिहान ७ देखि बेलुका ५ बजेसम्म र खुद्रा विक्रेताले बेलुका ६ देखि ९ बजेसम्म मात्रै मदिरा बेच्न पाउने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *