समाचार

यती एयर विमान दुर्घटना जाँच म्याद ४५ दिन थप

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १ चैत्र २०७९, बुधबार

काठमाडौँ — सरकारले यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद थपेको छ ।

सरकारले गत माघ १ मा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो।

मन्त्रिपरिषद्‌‌को मंगलबार बसेको बैठकले यती एयरको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *