राजनीति

जन्म दिनमा ओलीलाई सरप्राइज, केन्द्रदेखि प्रदेशसम्मका सबै सरकार गुम्ने संकेत

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ११ फाल्गुन २०७९ ,बिहीबार

काठमाडौँ – समाजिक सञ्जालभरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेता, कार्यकर्ता र उनका शुभेच्छुकले जन्म दिनको शुभकामना दिइरहेका छन्।

ओली आजबाट ७२ वर्षमा प्रवेश गरेका छन्। जन्म दिनको अवसरमा शुभकामना पाइरहेका ओलीलाई राजनीतिमा एक्ल्याउने प्रयासले पनि आजै मूर्त रुप लिने देखिएको छ।

तत्कालीन पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रलाई अगल गराएर प्रचण्डलाई प्रधानमन्त्री बनाएका ओलीले प्रचण्डकै कारण राजनीतिबाट एक्लिनु पर्ने अवस्था उत्पन्न भएको हो।

जसरी कांग्रेस र माओवादीका बीचको सम्झौता कांग्रेसले कार्यान्वयन गर्न चाहेन त्यो बेला त्यसरी नै प्रचण्डले ओलीसँगको सम्झौता कार्यान्वयन गर्न चाहेनन् अहिले।

जसका कारण ओलीले आजसम्म गरेको मेहनत खेर जाने मात्रै देखिएको छैन, केन्द्रदेखि प्रदेश सरकारबाट समेत बाहिरिनुपर्ने अवस्था सृजना भएको छ। कुनै जादू बाँकी छैन भने ओली आजकै दिनबाट नेपाली राजनीतिमा पुन: एक्ल्याइदै छन्।

राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने संकेत गरेपछि वर्तमान सत्ता गठबन्धन धरापमा मात्रै परेको छैन, राष्ट्रपति निर्वाचनको मुखमा एमाले र त्यसका अध्यक्ष ओलीलाई सबैतिरबाट एक्ल्याउने प्रयास सुरु गरिएको हो।

राजनीतिमा कुनै चमत्कार नभए शुक्रबार साँझसम्म तत्कालीन पाँच दलीय गठबन्धन ब्युँतिने छ र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बन्ने छन्। जन्म दिन मनाइरहेका ओलीका लागि यो सुखद् संकेत होइन।

बुधबार साँझ बालुवाटारमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेताबीच पाँच दलीय गठबन्धन ब्यूँताउने अनौपचारिक सहमति भएको छ। राजनीतिमा कुनै चमत्कार नभए शुक्रबार साँझसम्म तत्कालीन पाँच दलीय गठबन्धन ब्युँतिने छ र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बन्ने छन्। जन्म दिन मनाइरहेका ओलीका लागि यो सुखद संकेत होइन।

ओलीले वर्तमान गठबन्धन जोगाउन हरसम्भव प्रयत्न गरिरहेकै छन्। तर एमालेलाई राष्ट्रपति दिइयो भने ओलीले ‘खल्तीका मान्छे’ लाई राष्ट्रपति बनाउँछन् र संवैधानिक पदमा समेत एमालेको एकाधिकार हुन्छ भन्ने हल्ला चलाएर मनोनयन गर्ने दुई दिन अघि एमालेलाई राष्ट्रपति दिने पूर्व सहमतिबाट माओवादी पछि हट्दै कांग्रेस नेता पौडेललाई राष्ट्रपति बनाउने तयारी भएको हो।

दुई दलबीचको सहमतिलाई प्रचण्डले वेवास्ता गर्दै अर्को बाटो लाग्न खोजेपछि ओलीले बुधबार विहान प्रधानमन्त्री प्रचण्ड समक्ष माधव नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरी प्रचण्डलाई अप्ठेरोमा पार्ने तुरुप प्रयोग गरे। ओलीले शनिबार राति नेकपा एसका सांसद किसान श्रेष्ठको घरमा सो पार्टीका अध्यक्ष माधव नेपाललसँग चार घण्टा लामो छलफल गरेर राष्ट्रपतिमा प्रस्ताव गरेका थिए।

आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि नेकपा एसका नेताहरुले अन्य दलसँग छलफल गरेका थिए। तर माओवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने संकेत गरेपछि एमालेको मात्रै भरमा चुनाव नजितिने आंकलनसहित माधव नेपाल पछि हटेको बताइन्छ।

माओवादी र कांग्रेसले मात्रै साथ नदिँदा मात्रै पनि चुनाव जित्न कठिन नहुने तर मधेस केन्द्रित दलको मतसमेत आउने संभावना नदेखेपछि नेपाल पछि हटेका हुन्। बुधबार भएको अनौपचारिक सहमति अनुसार माधव नेपाललाई चुनावी सरकारको नेतृत्व दिने सहमति भएको छ।

प्रचण्ड र देउवाले दुई-दुई वर्ष सरकारको नेतृत्व गर्ने र चुनावी सरकारको नेतृत्व माधव नेपालले गर्दै आगामी चुनावपछिसम्म नै यो गठबन्धनलाई सँगै लैजाने सहमति भएको छ। तर यसबारे कुनै लिखित सम्झौता भने भएको छैन।

राजनीतिमा कुनै चामत्कारिक फेरबदल नआए शुक्रबार साँझसम्म तत्कालीन पाँच दलीय गठबन्धन ब्युँतिने छ भने कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्ने छन्।

स्रोतका अनुसार फागुन १ गते नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विनयमोहन क्वात्रासँग प्रधानमन्त्री प्रचण्डले कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए। उनी सोही प्रतिवद्धता अनुसार कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउन तयार भएका हुन्।

क्वात्राको नेपाल भ्रमणकै बेला मधेसमा जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीको नयाँ मोर्चा बनाउने सहमति भएको थियो। सो सहमति अनुसार संभवतः शुक्रबारसम्म नयाँ मोर्चा गठनको घोषणा हुनेछ। उक्त मोर्चामा प्रतिनिधिसभामा १३ सिट छ।

उक्त मोर्चाको मत कांग्रेस उम्मेदवरालाई जाने भएपछि माधव नेपाल आफू जित्ने आधार नभएको भन्दै राष्ट्रपति बन्नबाट पछि हटेको बताइन्छ। पुस १० मा सबैलाई चकित पार्दै निर्णायक तहमा आएका ओली राष्ट्रपति निर्वाचनमा भने एक्ल्याइने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *