राजनीति

कांग्रेसले दल बाहिरका व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्छ : शेखर कोइराला

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ९ फागुन २०७९, मंगलवार

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनु गल्ती भएको बताएका छन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी बैठकमा प्रचण्डलाई विश्वास दिएर गल्ती भएको महसुस गरेका हुन् ।

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन । दिएर गल्ती गरियो । तटस्थ बसौँ भनेर मैले प्रस्ताव राखेको थिएँ’, उनले भने, ‘कार्य सम्पादन समितिमा मैले राखेको प्रस्तावको सुनुवाइ भएन । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने वाध्यता भयो ।’

सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासहित चार नेताले उक्त निर्णयमा असहमति जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *