मनोरञ्जन

तीनवटा ग्याङको लडाइँ फागुन १९ गते

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ८ फाल्गुन २०७९ सोमबार

काठमाडौँ –अनमोल केसी स्टारर नेपाली सिनेमा ‘छड्के–२’ रिलिजको संघारमा छ। फागुन १९ गते रिलिज हुने चलचित्रको मुख्यभूमिकामा अनमोल केसी छन्।

अनमोल केसी मुख्य भूमिकामा रहेकाले पनि यो चलचित्र प्रतिक्षित बनेको छ। अनमोलको स्टारडमकाकारण पनि सिनेमा प्रतिक्षित बनेको हो। अनमोल नेपाली सिने कलाकारमा सबैभन्दा लोभलाग्दो क्रेज भएका नायक हुन् । त्यसैले उनका हरेक चलचित्र दर्शकमाझ प्रतिक्षित बन्ने गरेका छन्।

ग्याङस्टरको कथा भन्ने सिनेमा ‘छड्के–२’ले तीनवटा ग्याङ रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथा भन्छ। जसकोउद्धेश्य मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गर्नु हो। तीनवटा ग्याङमध्ये एउटा ग्याङको नेता अनमोल केसी हुन्। जसको शरीरभरी ट्याटु हुन्छ। हातमा हमेसा खुँडा हुन्छ। बुलेट बाइक चढ्ने उनले आफ्नो ग्याङको नेतृत्व शानका साथ गरिरहेका अहिलेसम्म बाहिर आएका सिनेमाका कन्टेन्टले देखाएका छन्।

रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको लडाइँ दर्शकले फागुन १९ मा देख्ने छन्। ग्रीन ग्याङको नेता अनमोल छन्। उनीमेनडगको भूमिकामा छन्। अनमोलको यो पहिलो ग्याङस्टर सिनेमा हो। यी तीनवटा ग्याङमध्ये कसले जित्छ र यार्सागुम्बुमा आफ्नोपकड जमाउँछ त्यो भने हेर्न बाँकी नै छ।

सिनेमामा मनाङको सुन्दर पठार देखिने छ। यो सिनेमामा प्राकृतिक स्रोतको उपयोग र दोहनमा हुने लुछाचुँडीसँगै नेपालका उच्च हिमालीभेगको सुन्दरता पनि देखिने छ।

निगम श्रेष्ठको निर्देशक रहेको सिनेमाका लेखक पनि उनी स्वयं हुन्। “स्थानीयस्तरमा प्राकृतिक स्रोतको उपयोग र त्यसको दुरुपयोगकसरी भइरहेको छ भन्ने यो सिनेमाले देखाउँछ । हामीले मनाङ पुगेर यार्सागुम्बुको कथा भनेका छौँ, यो त एउटा प्रतिनिधि घटनामात्रै हो,” निर्देशक श्रेष्ठ भन्छन्, “देशका हरेक प्राकृतिक स्रोतमा स्थानीयस्तरमा यस्तै लडाइँ झगडा हुने गरेको छ।आआफ्नो ग्याङ बनाएर त्यस्तोस्रोत हत्याउने काम भइरहेको छ। यस्ता ग्याङले कहाँबाट कसको सहयोग पाउँछन् र चोखिन्छन् त्यो पनि केही हदसम्म हाम्रो सिनेमालेदेखाउने छ।”

यीनै ग्याङ जसले निर्वाचनमा नेताहरूले आफ्नो जितका लागि प्रयोग गर्छन्। जसका कारण उनीहरुको संरक्षण गर्नुउनीहरुको नैतिक धर्म पनि हो। त्यसैले नेताकै आडमा यस्ता समूहले समाजमा गुण्डागर्दी गर्ने गरेको बताउने निगम यही कथा सिनेमाले भन्ने बताउँछन्। सिनेमाको ट्रेलेर यही बुधवार सार्वजनिक हुदैछ।

सिनेमामा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार घलानलगायत कलाकारको अभिनय छ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी/लोकेश बज्राचार्यको सम्पादन छ। निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता छन्। कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *