अर्थ

साताभरि ११२ अंकले घट्यो सेयर बजार

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ५ फागुन २०७९, शुक्रवार

काठमाडौं –  साताको चार कारोबार दिनमा नेप्सेपरिसूचक उच्च अंकले गिरावट आएको छ। यो साता नेप्से परिसूचक समग्रमा ११२.२२ अंकले गिरावट आएको थियो। आइतबारदेखि निरन्तर ओरालो लागेको सेयरबजार बिहीबारसम्म निरन्तर आरालो लागेको छ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। बिहीबार २१.१५ अंकले घटेर २०७०.४१ बिन्दुमा झरेको छ। साताको अन्तिम दिन सेयर बजार निकै उतार चढावपूर्ण रह्यो।

बिहीबार कारोबार सुरु हुँदा २०९९.४३ बिन्दुमा पुगेको सेयरबजार कारोबार बन्द हुने बेला भने २०७०.४१ बिन्दुमा झरेको छ। बिहीबार ४७ लाख ४७ हजार ५ सय ६७ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रूपैयाँको सेयर किनबेच भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेका तीनवटै सूचक बिहीबार घटेर राताम्य भएका थिए। सेन्सेटिभ सूचक ३.७० अंक, फ्लोट सूचक १.४९ अंक र सेन्सेटिभ फ्लोट सूचक १.३७ अंकले घटेका छन्। बिहीबार नेप्सेका १३ वटा उपसूचक घटेका छन्। सबैभन्दा धेरै घट्ने उपसूचकमा जीवनबिमा रह्यो। सो उपसूचकको १४४.०९ अंकले घटेको थियो। त्यसैगरी निर्जीवन बिमातर्फको उपसूचक भने १२४.०२ अंकले घटेको थियो।

बिहीबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा सानिमा लार्ज क्याप फण्डको सेयर ७.६५ प्रतिशतले बढेको छ। त्यसैगरी राप्ती हाइड्रोपावर कम्पनीको सेयर ५.२३ प्रतिशत र प्रभु सेलेक्ट फण्डको सेयर २.०९ प्रतिशतले बढेको छ।

बिहीबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा युनिलिभर नेपाल कम्पनीको रह्यो। सो कम्पनीको सेयर ५.९१ प्रतिशतले घट्यो। त्यसैगरी सिटिजन म्युचुअल फण्डको सेयर भने ५.७८ प्रतिशतले घटेको छ। साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक १३.९० अंकले नेप्सेपरिसूचक घटेर २०९१.५६ बिन्दुमा झरेको थियो। सो दिन ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७३ करोड २५ लाख ७५ हजार २ सय २ रूपैयाँको कारोबार भएको थियो।

साताको दोस्रो कारोबार दिन मंगलबार नेप्सेपरिसूचक १६.४० अंकले घटेर २१०५.४६ बिन्दुमा झरेको थियो। सो दिन ४६ लाख ८५ हजार ८ सय ९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७८ करोड ७० लाख १६ हजार ३ सय ७२ रूपैयाँको सेयर कारोबार भएको थियो।

साताको पहिलो कारोबार दिन आइतबार नेप्सेपरिसूचक ६०.७७ अंकले घटेर २१२१.८६ बिन्दुमा झरेको थियो। सो दिन ८१ लाख ३९ हजार ८ सय ४० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८ सय १२ रूपैयाँको सेयर कारोबार थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *