राजनीति

मनी लाउन्डरिङसम्बन्धी विधेयक संसद्‍मा पेस

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ३ फागुन २०७९, बुधवार

काठमाडौं – सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संसोधन गर्न बनेको विधेयक संसद्मा पेस भएको छ।

कानुन न्याय तथा संसदीय मामीला मन्त्री ध्रुवबहादुर प्रधानले बुधबार मनी लाउन्डरिङसम्बन्धी केही ऐनलाई संसोधन गर्न बनेको विधेयक संसद्मा पेस गरे।

उनले आर्थिक अपराध नियन्त्रण गर्ने उद्देश्यले ऐन ल्याइएको बताए। मन्त्री प्रधानले भने, ‘आर्थिक अपराध विश्वव्यापीरुपमा बढ्दै गएको, एक देशमा बसेर अन्य जुनसुकै देशमा अपराध गर्न सकिने भएको, नेपालबाट विभिन्न तरिकाले पुँजी पलायन गराउने, विप्रेषणलाई हुण्डीको माध्यमबाट विदेशमा रोक्ने, राजस्व छल्नेजस्ता आर्थिक अपराध गर्ने पर्याप्त कानुनको व्यवस्था गर्न आवश्यक छ। यो विधेयक परिमार्जन गरिएको हो।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *