राजनीतिसमाचार

माघ पहिलो साता वाग्मतीका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : पुस २७, बुधबार, २०७९

मकवानपुर — वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघको पहिलो साता विश्वासको मत लिने भएका छन् । प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुत्त भएका जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिनका लागि तयार गरिदिन प्रदेशसभा सचिवालयलाई आग्रह गरेका छन् ।

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले माघ ३ गते प्रदेशसभासमक्ष विश्वासको मत लिने व्यवस्था गरिदिन प्रदेशसभालाई जानकारी गराइसकिएको छ ।

जम्मकट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनलाई एमालेका २७, नेकपा माओवादी २१, राप्रपा १३, नेकपा एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ । ११० सदस्यीय प्रदेशसभामा ५६ मत भएको खण्डमा उनले सहजै विश्वासको मत प्राप्त गर्नेछन् । हालको अवस्थामा उनलाई विश्वासको मत प्राप्त गर्न कुनै समस्या छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *