राष्ट्रिय समाचार

१२ वर्ष देखि नदिको पानी पिउँदै जुम्लाका कैदी

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; मंगलबार, पुस ०५, २०७९

जुम्ला कारागारमा खानेपानीको अभाव देखिएको छ। पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका कैदी बन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको समस्या भएको छ।

दैनिक बिहान–बेलुका गरी २ घण्टा मात्र पानी आउने धारामा कैदीलाई लाइन लाग्नुपर्ने बाध्यता छ। कारागारमा खानेपानी अभाव भएपछि कैदीबन्दीले गर्ने दैनिक क्रियाकलापमा प्रत्यक्ष असर पुगेको छ।

कारागार जुम्लामा अनुसार यो समस्या १२ वर्ष देखिको हो। २ सय कैदी बन्दीको क्षमता रहेको जुम्ला कारागारमा १ सय १० जना कैदीहरू छन्। जसमध्ये १ सय ८ पुरुष र २ महिला छन्।

कैदीबन्दीको लागि एउटा मात्र धारा छ, त्यो पनि नियमित आउँदैन, नियमित पानी नआउँदा सरसफाइका क्रियाकलापमा कमी आउने गरेको जेलर विष्णुबहादुर महतले जानकारी दिए। उनले भने ‘सञ्चालनमा रहेको धारामा नियमित पानी नआएकै कारण समस्या छ। साँझ र बिहान गरी २ घण्टा मात्रै धारामा पानी आउँछ। यहाँ दैनिक १० हजार लिटर पानीको जरुरत छ।’

२ घण्टा आउने पानीले समस्या समाधान नहुने भन्दै जेलर महतले नियमित पानी आए मात्रै यो समस्या हट्ने बताए। उनका अनुसार अपुग पानी जेनरेटर मार्फत तिला नदीबाट तान्ने गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *