समाचार

खोटाङको बाक्सिलामा आगलागीबाट ५ घर नष्ट

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; सोमबार, पौष ४, २०७९

खोटाङ — केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिला बजारमा भीषण आगलागीका कारण ५ वटा घर जलेर नष्ट भएका छन् । सोमबार साँझ सुरु भएको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

बजारस्थित दीपक गुरुङको घरबाट साँझ करिब साढे ५ तिरबाट सुरु भएको आगोले रमेश दर्जी, शुभराज राई, डिल्लीकुमार श्रेष्ठ र अकबर राईको घर पूर्ण रुपमा नष्ट भएका छन् ।

आगो नियन्त्रणको प्रयास भइरहेको केपिलासगढी गाउँपालिकाका नायव सुब्बा ध्रुबराज राईले बताए । आगो नियन्त्रणका लागि प्रहरी र स्थानीयहरू खटिरहेका छन् । घटनास्थलतर्फ जिल्लाका प्रहरी पनि खटिएका छन् । प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङको नेतृत्वमा अन्य प्रहरी पनि घटनास्थलतर्फ गइरहेको मुकारुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *