समाचार

फ्लाइटमा गएका एयरहोस्टेसलाई सहकर्मीको दुर्व्यवहार

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : शुक्रबार, पौष ०१ , २०७९

‘क्याबिन क्रू संघको सामूहिक म्यासेज व्यवस्थापन पक्षलाई गोप्य शैलीमा पठाउने केही एयरहोस्टेसलाई म्यासेन्जर समूहबाट हटाइएको हो’

काठमाडौँ — हड्तालका बेला साथ नदिई उडानमा सहभागी भएर व्यवस्थापनलाई सघाएको आरोपमा नौ जना एयरहोस्टेसलाई उनीहरूकै सहकर्मीले दुर्व्यवहार गरेका छन् ।

दुई जना एयरहोस्टेस स्मीता गुभाजु र आरती महर्जनको करार नवीकरण नगरेको विरोधमा नेपाल वायुसेवा निगममा कार्यरत १ सय ५७ क्याबिनक्रू (परिचारिका र परिचारक) हरुको संगठनले बुधबार र बिहीबार हड्ताल गरेको थियो ।

सहकर्मीहरुको करारलाई निरन्तरता दिनुपर्ने माग राख्दै ७७ जना क्याबिनक्रु निगम मुख्यालयमा भएको हड्तालमा सहभागी भएका थिए ।

हड्ताल भएकै दिन बुधबार काठमाडौंबाट निगमले दिल्ली, मलेसिया र दुबई उडान गरेको थियो ।

ती उडानमा गएका एयरहोस्टेसहरु सुस्मा तामाङ, शन्तमाया तामाङ, सोभा केसी, नगिना नेपाल, सनम योगल, निता गिरि, मुना केसी, पुनम राई, रोजी केसीले आफूहरुलाई बिहीबार जहाजबाट ओर्लिने बेला हड्तालपछि व्यवस्थापनसँग सम्झौता गरेर उडानमा जाँदै गरेका क्याबिन क्रू संघका पदाधिकारीले दुर्व्यवहार गरेको शुक्रबार निगममा दर्ता गरिएको उजुरीमा उल्लेख गरिएको छ ।

उनीहरुले हड्तालका दिन क्याबिन क्रुको अभाव भई उडान ढिला भएपछि व्यवस्थापनको निर्देशन अनुसार आफूहरू ड्युटीमा खटिएको तर हड्तालमा सहभागी सहकर्मीहरुले खिसिटीउरी गर्दै विभेद् गरेको आरोप लगाएका छन् ।

पीडितहरुले राष्ट्र र जनताको सेवामा जाँदा आफ्नै सहकर्मीहरुले गरेको दुर्व्यवहारले आगामी दिनमा काम गर्ने वातावरण नहुँने भन्दै कारबाहीको माग गरेका छन् ।

आन्दोलनमा सहभागी एक वरिष्ठ एयरहोस्टेसले हड्तालमा असहयोग गरेको र सामूहिक च्याटको स्क्रिनसट कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पठाइएको अभियोगमा केहीलाई सम्झाउन खोजिएको बताइन् ।

‘क्याबिनक्रूहरूको संघका गोप्य योजना व्यवस्थापनलाई चुहावट गरेकोमा धम्की चाहिँ दिएका होइनौं आइन्दा नगर्न भनेका थियौं,’ उनले भनिन्, ‘संघको सामूहिक म्यासेज व्यवस्थापन पक्षलाई गोप्य शैलीमा पठाउने केही एयरहोस्टेसलाई म्यासेन्जर समूहबाट हटाइएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *