समाचार

नेपालको शिक्षा नीति देशकै लागि बोझ : अध्यक्ष तिमिल्सिना

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : बिहीबार, मंसिर २९, २०७९

पूर्वीनवलपरासी — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शिक्षा नीति देशकै लागि बोझ भएको टिप्पणी गरेका छन् । ‘अहिलेको शिक्षा प्रणालीले उत्पादन गरेको जनशक्ति आफैलाई बोझ हुने स्थिति बनेको छ,’ तिमिल्सिनाले भने, ‘नेपालको शिक्षामा गुणस्तरीयता कायम गर्न शिक्षित नागरिकलाई उद्यमशिलतासँग जोड्न सक्ने मोडलमा जान आवश्यक छ ।’

कावासोतीस्थित शिव माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा सम्बोधन गर्दै तिमिल्सिनाले नेपालको शिक्षा प्रणाली अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धामा जाने बनाउन सबैको प्रयास आवश्यकता रहेको औंल्याए । ‘संसारभर प्रतिस्पर्धामा जान सक्ने शिक्षा नीति आजको आवश्यकता हो,’ उनले भने, ‘नेपालमा रहेको परम्परागत शिक्षा प्रणालीमा आमुल परिवर्तन गरेर संसारभर प्रतिस्पर्धामा खरो उत्रिन सक्ने शिक्षा नीति मुलुकका लागि आवश्यक छ । त्यसका लागि गुणस्तरीयतामा जोड दिन पर्छ र अन्तर्राष्ट्रिय बजारमा बिक्ने शिक्षा नीति अवलम्बन गर्नुपर्छ ।’

नेपालमा शिक्षाको गुणस्तर वृद्धि गरी विश्वव्यापीरुपमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नमा सबैको प्रयास जरुरी भएको उनको बताए । ‘गुणस्तरीय शिक्षामा सबैको ध्यान जान आवश्यक छ,’ तिमिल्सेनाले भने, ‘कतिपय विद्यालयमा विद्यार्थीको संख्या धेरै र शिक्षक कम भएर राम्रो पठनपाठनमा समस्या हुने गरेको छ ।’

अध्यक्ष तिमिल्सिना र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विद्यालयको २ वटा नवनिर्मित भवन उद्घाटनसमेत गरेका थिए । जिल्लाकै उत्कृष्ठ यो विद्यालयमा २२ सय विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *