Uncategorizedराष्ट्रिय समाचारसमाचार

पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

Advertisements
MAHABAI RURAL MUNICIPALITY

  काठमाडौँ, ५ जेठ (रासस) ः  
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजीत बरालको आज ९३ वर्षका उमेरमा आफ्नै निवास महाराजगञ्जमा निधन भएको छ । विसं २०२९ साउनदेखि २०३५ जेठसम्म नेपालका नवौँ प्रहरी महानिरीक्षक हुनुभएका उहाँ राजदूत पनि हुनुहुन्थ्यो ।  
बरालले प्रहरी सङ्गठनको प्रणाली विकास गर्ने सिलसिलामा महत्वपूर्ण योगदान गर्नुभएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताउनुभयो । प्रहरीको राशन व्यवस्थापन, ब्यारेक, अस्पताल र प्रहरी स्कूल बनाउनमा उहाँको महत्वपूर्ण योगदान रहेको प्रहरी अधिकारीहरु स्मरण गर्छन् ।  
 नेपाल प्रहरीको श्रीवृद्धि र उन्नतिमा अतुलनीय योगदान पु¥याउनुभएका उहाँ सङ्गठनको युगपुरुषका रुपमा स्थापित हुनुभएको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ । पूर्वसांसद बरालको आजै आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।  
–––  

Leave a Reply

Your email address will not be published. Required fields are marked *