राष्ट्रिय समाचारसमाचारस्वास्थ्य

आइसोलेसनलाई अक्सिजन सिलिण्डर सहयोग   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ, जेठ (रासस)

समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव भइरहेको समयमा चन्द्रागिरि नगरपालिका वडा नं ८ को आइसोलेसनका लागि उक्त सिलिण्डर कार्कीले सहयोग गर्नुभएको हो ।
चन्द्रागिरिमा आजदेखि सञ्चालनमा आउने मातातीर्थ अस्पतालका लागि कार्कीले सङ्कलन गर्नुभएको १८ थान अक्सिजन सिलिण्डर प्रदान गर्नुभएको चन्द्रागिरि–८ का वडा अध्यक्ष सन्तोष खड्काले जानकारी दिनुभयो ।
कार्कीले सो आइसोलेसनको लागि आवश्यक सहयोग गर्दै जाने उल्लेख गर्नुभयो । “मैले व्यक्तिगत खर्चबाट कोरोना सङ्क्रमितको लागि अक्सिमिटर दिन लागेको छु”, उहाँले भन्नुभयो । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *