कर्णाली नदी : कैलाशदेखि गंगासम्म


■ प्रेमबहादुर सिंह

■ कैलाश पर्बतमा पानीका चार वटा महत्वपूर्ण स्रोत छन्, जसमध्ये दक्षिण(पश्चिम तिब्बत स्थित कैलाश पर्बतको पूर्बपट्टिबाट ब्रम्हपुत्र नदी निस्किन्छ । यसलाई ताम्चोक खम्बाब (Tamchok khambab) अर्थात् घोडाको मुखबाट निस्केको नदी भनिन्छ । यो तिब्बतबाट भारत हुदै बंगलादेश पुग्छ ।

■ कैलाश पर्बतको पश्चिमपट्टिबाट सतलज नदी निस्किन्छ । यसलाई लान्चेन खम्बाब (lanchen khambab) अर्थात् हात्तीको मुखबाट निस्केको नदी भनिन्छ । यो तिब्बत हुँदै भारतको पन्जाबसम्म पुग्छ ।

■ कैलाश पर्बतको उत्तरतिरबाट इन्डस नदी (सिन्धु नदी) निस्किन्छ । यसलाई सिंगी खम्बाब (singi khambab) अर्थात् सिंहको मुखबाट निस्केको नदी भनिन्छ । यो जम्मु-काश्मिर पाकिस्तान हुँदै अरब सागरमा मिसिन्छ ।

■ कैलाश पर्बतको दक्षिण-पश्चिम स्थित ७७०० मिटर उचाईमा रहेको गुर्ला मानदाता पर्बतको फेदीबाट निस्केको नदीलाई मार्चा खम्बाब (marcha khambab) अर्थात् मयुरको मुखबाट निस्केको नदी भनिन्छ । गुर्ला मानदाता पर्बतको मयुर आकारको फेदबाट निस्किने मार्चुचुङ्ग (marchuchungu) मूललाई कर्णाली नदीको उद्गम मानिन्छ । पर्वतको फेदबाट करिब २० मिटर तल झरेपछि उत्तर-पश्चिम उपत्यकाबाट आएको नदीमा मिसिन्छ । यो नदी नै नेपालको हुम्ला जिल्लाको हिल्सा झरेपछि कर्णाली नदी बन्छ ।

■ कर्णाली नदीको कूल लम्बाई १०८० किलोमिटर छ भने यो नदीको नेपालमा मात्र लम्बाइ ५०७ किलोमिटर छ । यो नदी नेपालको हुम्ला, बाजुरा, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डोटी, बर्दिया र कैलाली जिल्ला हुदै कैलालीको दक्षिण लागेपछि भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा शारदा नदीसॅग मिलेपछि घाघरा नदी बन्छ । अयोध्यामा यसलाई सरयु नदी भनिन्छ । अयोध्याबाट दक्षिण-पूर्ब बगेर बिहारको राजधानी पटनादेखि उत्तरस्थित छपरा जिल्लामा गंगा नदीमा मिसिन्छ ।

■ यस प्रकार कर्णाली नदीले चीनको तिब्बतस्थित कैलाशदेखि नेपाल हुँदै भारतको गंगा नदीसम्मको यात्रामा अनेकौँ धार्मिक-सांस्कृतिक-पर्यावरणीय स्थान एवम् इतिहास निर्माण गरेको छ । कर्णाली नदीको अध्ययन, संरक्षण र उपयोगको गुरूयोजना बनाई अविलम्ब कार्यारम्भ गर्नु पर्दछ । यसमा सम्बन्धित सबैको पहलकदमी अति जरूरी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *