राष्ट्रिय समाचारसमाचार

सभापति देउवाद्वारा पहाडीको निधनप्रति दुःख व्यक्त

Advertisements
MAHABAI RURAL MUNICIPALITY

 काठमाडौँ, २३ वैशाख (रासस) ः

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । पहाडीको ७७ वर्षका उमेरमा बुधबार राति भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा निधन भएको हो । 

   पूर्वप्रधानमन्त्री देउवाले आज शोक विज्ञप्तिमार्फत पहाडीले मुलुकको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको सक्रिय भूमिकाको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । पहाडी २०५१ सालको संसदीय निर्वाचनमा डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । पहाडी आपूर्ति र वन तथा भूसंरक्षणमन्त्री र कानून राज्यमन्त्रीसमेत हुनुभएको थियो । 

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *