इन्दिरा संज्याल
नेपाली कम्युनिस्ट आन्दोलनलाई तहस नहस पार्ने षडयन्त्र मुताबिक अन्ततः देशी तथा बिदेशी प्रतिकृयाबादीहरु र कम्युनिस्ट आन्दोलन भित्रका अबसरबादीहरुका गडजोड , षडयन्त्र र प्रपन्चहरु देखिने गरेरै सतहमा तरङ्गित भै रहेका छन ।प्रतिक्रियावादीहरुको गोटि बनेर अबसरबादीहरु नेपाली सिङ्गो कम्युनिस्ट आन्दोलनलाई सिध्याउने र श्रमजीबि नेपाली जनताको आशा र भरोसामाथि गद्द्दारी गर्ने , षडयन्त्र गर्ने, बेइमानी गर्ने र तहसनहस पार्ने गरि सर्बाङग नाङ्गो बनिरहेका छन ।नेपाली कम्युनिस्ट आन्दोलनको एकताको सुत्रधारको रूपमा जब कमरेड केपि ओलिले सिङ्गो श्रमजीबि नेपाली जनसमुदायको भावना अनुरुप आफूलाई त्यो बाटोमा केन्द्रित गर्नु भयो र सिङ्गो कम्युनिस्ट आन्दोलनले अब नेपालमा आम शोषित पीडित र श्रमजीबि नेपाली जनताको मुक्तिको बाहक शक्तिको रुपमा उदय भएकोमा देशी तथा बिदेशी नेपाली कम्युनिस्ट आन्दोलनका सुभेच्छुक , सहयोगी र समर्थकको निम्ति अत्यन्त हर्ष पलाइ रहेको थियो भने अर्को तिर देशी तथा बिदेशी प्रतिक्रियावादीहरुलाई टाउको दुखाइ बनिरहेको थियो।यसै कारण उनीहरु झुठो बकबास र षडयन्त्रमा तल्लिन थिए।आजको दिनसम्म आउदा पार्टी भित्र पलाएका अबसरबादीहरु जो यिनै प्रतिक्रियावादीका मतियारको रुपमा काम गरेर नेपाली श्रमजिबि आम जनसमुदायको भावना , चाहाना र इच्छामाथि षडयन्त्र गर्ने र सिङ्गो
कम्युनिस्ट आन्दोलनलाई क्षत-बिक्षत पार्ने खेलमा प्रतेक दिन टुप्पि देखिको बल लगाएर लागिरहेका छन । उनीहरुको विरुद्धमा जब सम्म पार्टीले निर्मम तरिकाले पाइला चाल्न सक्दैन तब सम्म पार्टीलाई र सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकताबद्द रुपमा अघि बढाउन सकिँदैन।
अहिले कम्युनिस्ट आन्दोलन भित्र देखा परेको ब्यक्तिवादी , अबसरवादी, दक्षिणपन्थी पलायनबाद्का बिरुद्ध बैचारिक लडाइ लड्न जब सम्म सकिँदैन तब सम्म एकताबद्द कम्युनिस्ट आन्दोलनको परिकल्पना गर्न सकिँदैन। यदि प्रचण्ड कमरेडसंग इमानदारीताको अलिकति पनि हिस्सा भै दिएको भए माधब कमरेडसंग कम्युनिस्ट अनुशासनको थोरै पनि हेक्का भै दिएको भए र ब्यक्तिवादी , अबसरबादी र दक्षिणपन्थी पलायनवाद र प्रतिक्रियावादीसगको घाँटी जोडाइ नभै दिएको भए इमान्दारिताका साथ आज नेपाली राजनीतिले र सिङ्गो कम्युनिस्ट आन्दोलनले यौटा सपाट राज मार्ग तयार गर्ने थियो र आशातित सफलता प्राप्त गर्न सकिने थियो। तर षडयन्त्र छलछामको राजनीति गद्द्दारी ब्यक्तिबादी प्रवृत्ति दक्षिणपन्थी व्यक्तिबादी प्रतिक्रियावादसंगको घाँटी जोडाइ जस्ता प्रवृतिले नेपाली कम्युनिस्ट आन्दोलनलाई केही धक्का दिने काम गरे तापनि आम नेपाली श्रमजिबि जनसमुदायहरुले आफ्नो भबिष्य र उद्देष्य बमोजिम चल्ने इमान्दार कम्युनिस्ट पार्टीलाई रोज्ने र तेसका नेतृत्वलाई प्रोत्साहन स्वरुप आफ्नो समर्थनले जनअनुमोदित गर्ने कार्यमा कुनै कन्जुसाइ राख्नु हुदैन। हिजो विश्व कम्युनिस्ट आन्दोलनमा पनि यस्ता प्रकारका पात्र र प्रबृत्ति प्रसस्त रुपमा देखा परिरहेका थिए ।स्वयम मार्क्स, लेनिन र माओले समेत यस्ता प्रवृत्तिका बिरुद्धमा निर्मम लडाइ लड्नु परिरहेको थियो । यस्तै प्रवृत्ति र पात्रका कारण आज अन्तरराष्टि्य क्षेत्रमा कम्युनिस्ट आन्दोलनलाइ रक्षात्मक अबस्थामा पुर्याइयो।गोर्भाचोभका नेपाली सस्करणहरुले
एकताबद्द नेपाली कम्युनिस्ट आन्दोलनलाई सिध्याउन देशी तथा बिदेशी प्रतिक्रियावादीहरुका मतियारको रुपमा आफूहरु लाई नाङ्गो रूपमा प्रतिक्रियावादी कित्तामा दुनियाँले देख्ने गरेर उभ्याइरहेका छन। अझ तिनै नेपाली सिङ्गो एकताबद्द कम्युनिस्ट आन्दोलन भित्रबाट पलाएका प्रतिक्रियावादका एजेन्टहरुले आम नेपाली श्रमजिबि जनसमुदायमा ठूलो ठुलो स्वरमा आफूहरु सच्चा र इमान्दार भएको रटान दोहोराई रहेका छन । यस्ता प्रतिक्रियाबाद्का एजेन्टहरुलाई आम नेपालि जनसमुदायले र सिङ्गो कम्युनिस्ट आन्दोलनले पहिचान गर्दै कार्बाही गर्न कुनै कन्जुसाई  गर्नु पर्ने जरुरी छैन । देश भक्तिको भाबनाले ओतप्रोत बर्तमान नेतृत्व राष्ट्रियता, गणतन्त्र र जनजिबिकाको महत्त्वपूर्ण सबालमा आम जनता प्रति गद्दारी गर्नेहरुका झुठो बकबासका बिरुद्ध निर्मम संघर्ष चलाउदै सम्झौताहीन संघर्ष गर्न जरुरी छ । लोभ ,कुन्ठा , ब्याक्तिगत फाइदामा रमाउने र सिङ्गो कम्युनिस्ट आन्दोलनलाइ तहसनहस पार्ने प्रबृत्ति विरुद्ध आम जनसमुदायलाई गोलबन्ध गर्ने काम नै अहिले नेकपा एमालेको प्रमुख कार्यभार हो । कम्युनिस्ट आन्दोलन का विभिन्न भंगालो बाट एकताबद्ध भएका तमाम कम्युनिस्ट नेता तथा कार्यकर्ताहरुलाइ बिना भेदभाब एकताबद्द गर्दै सिङ्गो कम्युनिस्ट आन्दोलनमा समाहित गर्दै समाजबादी लक्ष्य प्राप्त गर्ने बाटोमा लाग्नु बर्तमान नेतृत्व को प्रमुख जिम्मेवारी हो।हिजोका संकिर्ण घेराहरुलाइ तोड्दै संकीर्णवाद ,ब्यक्तिवाद , अबसरवाद, झुन्ड्बादका विरुद्ध जेहाद छेड्दै सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकताबद्द गर्दै समाजबादी बाटोमा अघि बढ्नु बर्तमान नेतृत्वको प्रमुख कार्यभार हो।
लेखिका अनेमसंघ सचिवालय सदस्य हुनुहुन्छ।