हेडलाइन

पर्सामा सवारी दुर्घटनामा परी भारतीय नागरिकको मृत्यु

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१२ फागुन २०७९, शुक्रवार

काठमाडौँ –  पर्सामा सवारी दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । भारत बिहारको बेतिया जिल्ला पश्चिम चम्पारण बस्ने २२ वर्षीय कैयफली चुरिहारको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो २ बजे पोखरिया न.पा. ३ बसन्तपुरमा भिष्वाबाट पोखरिया तर्फ जाँदै गरेको ना १५ प ५०३६ नं. को मोटरसाईकललाई BR 22N3796 नम्बरको मोटरसाईकलले नै पछाडिबाट ठक्कर दिएको थियो ।

त्यसक्रममा BR22N 3796 नम्बरको मोटरसाईकलका चालक कैयफली गम्भीर घाईते भएका थिए । ईलाका प्रहरी कार्यालय पोखरियबाट प्र.नि.आयुष जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले तत्कालै घाईतेलाई उपचारको लागि पोखरिया अस्पतालमा लगेको थियो ।

पोखरिया अस्पतालमा उपचारको क्रममा उनको २:४५ बजे मृत्यु भएको अस्पताललाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का लगायतका कार्य सम्पन्न गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *