राजनीति

दुई घण्टाभन्दा बढी बालुवाटारमा छलफल गरेर ओली बाहिरिए

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१२ फागुन २०७९, शुक्रवार

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई घण्टाभन्दा बढी समयसम्म छलफल गरेपछि ओली केहीबेर अघिमात्र बालुवाटारबाट बाहिरिएका छन् ।

राष्ट्रपतिको उम्मेदवार बारे निर्णायक भनिएको यस भेटवार्तामा के निष्कर्ष निस्कियो भन्ने बारे स्पष्ट भएको छैन ।

तर ओली बालुवाटारबाट बाहिरिएसँगै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेका छन् ।

आजै कांग्रेससहितका चार दलले राष्ट्रपतिको विषयमा फेरी छलफल गर्ने बताएका छन् ।

यस अघि आजै विहान भएको चार दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा माधवकुमार नेपालको नाम प्रस्ताव गरेका थिए  । तर कांग्रेसले भने राष्ट्रपति आफ्नो दललाई दिनुपर्ने अडान राख्दै नेपाललाई एक बर्ष प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *