राष्ट्रिय समाचारसमाचार

रसुवामा चिसो हट्दै : पर्यटक बढ्दै

Advertisements
MAHABAI RURAL MUNICIPALITY

चैत ४, रसुवा । अत्यधिक चिसोपन क्रमिक रूपमा घट्न थालेपछि जिल्लामा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । कोभिड–१९ को सङ्क्रमणपछि अधिकांश समय सुनसान रहँदै आएको पर्यटकीय क्षेत्रमा तातोपन बढेसँगै गोसाइँकुण्डका धार्मिक यात्रु एवम् प्राकृतिक छटाको अवलोकन गर्नेको सङ्ख्या बढ्न थालेको हो । लाङ्टाङ तथा तामाङ सम्पदा मार्गमा आउने पर्यटक बढी देखिएका छन् ।

हिमाली भेगको हिमपात क्रमशः पग्लिन थालेको र तातोपना बढ्दै गएकाले आन्तरिक पर्यटकको आगमन क्रमशः बढ्न थालेको व्यवसायीले बताएका छन् । रसुवा घुम्ने पर्यटकको सङ्ख्या हिजोआज दैनिक २०/२५ जनाले बढिरहेको छ । उनीहरू गोसाइँकुण्डतर्फ धार्मिक यात्रामा केन्द्रित हुने गरेका छन् । हिमाली प्रकृतिको अवलोकन गर्ने उपयुक्त समय भएको र कोभिड–१९ को सङ्क्रमण शून्यमा झरिसकेकाले यही चैत १५ गतेदेखि दैनिक २०० भन्दा बढीको आगमन हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *