राजनीतिहेडलाइन

प्रधानमन्त्री दाहाल र ओलीबीच बालुवाटारमा भेटवार्ता, राष्ट्रपति उम्मेदवारका विषयमा छलफल

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १० फाल्गुन २०७९ , बुधबार

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच राष्ट्रपति उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ। प्रधानमन्त्री दाहालले राष्ट्रपतिको उम्मेदवार राष्ट्रिय सहमतिबाट चयन हुनुपर्ने बताउँदै आएका छन्। भने अध्यक्ष ओली एमालेकै उम्मेदवार अघि सार्नुपर्ने अडानमा छन्। यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ राजदूत चेन सङसँग भेटवार्ता गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *