समाचार

नास्टका पूर्वउपकुलपति सुरेन्द्रराज काफ्लेको निधन

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : शुक्रबार, पौष ०१ , २०७९

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट)का पूर्वउपकुलपति प्रा.डा. सुरेन्द्रराज काफ्लेको निधन भएको छ । ८० वर्षीया काफ्लेको बिहीबार साँझ मेडिकेयर अस्पतालमा उपचारको क्रममा निधन भएको उनका भतिजा नेफ्रोलोजिस्ट डा‍. ऋषि काफ्लेले जानकारी दिए ।

काठमाडौं विश्वविद्यालयमा लामो समय डिन रहेका भौतिकशास्त्री काफ्लेलाई अनुसन्धानकर्ताहरु एक कुशल व्यवस्थापकका रुपमा लिन्छन् । नास्टका प्रवक्ता डा. रवीन्द्र ढकालका अनुसार प्रा.डा काफ्लेले विदेशमा रहेका नेपाली अनुसन्धानकर्ताहरुलाई स्वदेश फर्काउन योजना तथा कार्यक्रम ल्याएका थिए । उनी भन्छन्, ‘प्राडा काफ्ले फर्क वैज्ञानिक नेपाल अभियानका एक अभियन्ता पनि हो । उहाँकै पहलमा नास्टले नेपाली वैज्ञानिकहरुलाई स्वदेश फर्कन लगाएर यहीं रोजगारी दिने किसिमको अवधारणा ल्याएको हो ।’

प्रा.डा. काफ्ले नास्टका पूर्वउपकुलपति जीवराज पोखरेलभन्दा अघिल्लो कार्यकालमा नास्टको नेतृत्वमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *